Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts
Friday, September 23, 2011
Saturday, September 3, 2011
अरु, उनी, म र प्रेमको परीक्षा
लाम लाग्थ्यो तिम्लाई मन पराउनेको
तर साचो माया गर्ने म थिए ........
धपक्क बलेको रूपमा हराउने धेरै थिए
तर तिम्रा लागी हराउने म थिए ....
सुखमा तिमीसंग खुसी साट्नेहरु धेरै थिए
तर तिम्रो पिडामा अनिदो रात काट्ने म थिए.....
झुम्मिन्थे धेरै तिम्रो ओरिपरी प्राय:
तर टाढैबाट नियाल्ने म थिए .................
धेरैले दिए तिम्लाई महँगा उपहारहरु
तर चोखो तँन , मन दिने म थिए .............
बहाना बनाई*२ बोल्न आउने धेरै थिए
तर चाहिएकोको बेलामा बोल्ने म थिए ....
Monday, August 29, 2011
तिज पहिले र अहिले
एक दिन मात्रै तिज मनाउथे पहिले
सासु बुहारीका कथा व्यथा गीतमा हुन्थ्यो
पति माग्थे पहिला, आजकाल गाठवाला पाम्
महिना दिन लाग्छ मनाउन अहिले ।
सासु बुहारीका कथा व्यथा गीतमा हुन्थ्यो
कति मिठो गीत/संगीत हुन्थ्यो, मनै छुन्थ्यो ।
Friday, August 26, 2011
केहि उट्पट्याङ कविता
नेता
जुटेर
फुटेर
कुटेर
लुटेर
भए नि सभासद्को जागिर पाइयो
अब सब पुग्यो मात्र कुर्सी चहियो ।
कर्मचारी
नेपालका कर्मचारीको काम
मात्रै कहिले जाला र घाम
मतलब छैन भए नि सेबाग्राहीको लाम
सानो काम गर्न नि चडाउनु पर्छ दाम ।
केटी
जवानीमा बारतिर लभ गर्ने
राम्रो केटो मिलाइदेउ भन्दै
भगबान महादेवको शरण पर्ने।
Sunday, August 21, 2011
Wednesday, August 17, 2011
रामपुर कृषि क्याम्पसको यथार्थ
बिध्यार्थी
पहिला बिध्यार्थी बनेर छिर्ने
पछि नेता बनेर सबैलाई पिर्ने
प्रध्यापक
बिद्यार्थीलाई राजनीति पढाउने
एक आपसमा बिध्यार्थी लडाउने ।
रक्तरंजित लामो इतिहास लेखेको ।
कर्मचारी
सबैजना आफुलाई नै मै हु भन्ने
छैन कोहि एक अर्कालाई मान्ने ।
Labels:
IAAS,
कबिता,
कृषि,
रामपुर क्याम्पस
Saturday, August 13, 2011
Wednesday, July 27, 2011
नेपाली युवाका कथा
जेठो अमेरिका
माइलो युरोप
साइलो अरब
काइलो राजधानी
ठाइलो सदरमुकाम
कान्छो राजनीतिमा
बुढा बा- आमा गाऊँमा
युवाहिन सुन्य ठाउँमा
केटाकेटी, वृद, महिला मात्रै
जनसंख्याको नाउमा
जन्ती र मलामी नि
Labels:
कबिता,
कृषि,
बैदेशिक रोजगार,
युवा
Saturday, July 9, 2011
भानुलाई गवाही
बोल्न खोज्छु आवाज रोकिन्छ
संकेत गर्न खोज्छु दृश्य छेकिन्छ
राष्ट्रिय पोशाक लगाउदा भानु मैले
नचिनेका मानिस आएर च्यातिन्छ।
तराईका फाटहरुले नेपाली नबोल्दा
तराईको गर्मिले हिमाललाई नपोल्दा
कस्तो राष्ट्र चाहेको थियौ भानु तिम्ले
सौन्दय हरायो मालाको फूलहरु नखुल्दा।
Labels:
कबिता,
देशभक्ति,
बैदेशिक रोजगार,
भानु
Sunday, June 26, 2011
फूल बिनाको फूलबारी
ब्लग बाट केहि समय हराए पनि यो ब्लग मृत चाही भैसकेको छैन, बिबिध कारणले गर्दा बिगत एक महिना देखि ब्लगमा अपडेट गर्न पाएको थिइन । आज कविता लिएर आएको छु ।हजार फुल छोडेर एउटा फुल गोड्ने माली
तेही मात्रै हुर्कौउदामा अरु तिर भयो खाली।
रम्न आउथे चरा चुरुंगी मिठो सुसेली हाली
उजाडीदै गाको देख्दा न्याउली रुन थाली।
सप्तरंगी माला बन्थे छैन फूल येसपाली
१ फूलको मात्रै माला सुहाउदैन लाग्छ खाली।
येस्ले त केहि गर्छु भन्थ्यो तर निस्कयो जाली
खोज्दै छौ आर्को माली अध्यारोमा दियो बाली।
जुन जोगी नि कानै चिरेका कमण्डलु भर्ने खाली
काम छैन केहि पनि यहाँ मात्रै गर्छन धेरै गाली।
३ वर्ष भयो फूल रोपेको फूलबारी भयो खाली
माली धेरै भए यहाँ एक अर्कालाई गर्छन गाली ।
गर्छन गाली ,
खान्छन् ताली ,
तर अझै छ फूलबारी फूल बिहिन खाली!!!!!
Tuesday, April 12, 2011
परदेशी ब्लगर साथी
नेतालाई गालीको बर्षा
ब्लगका भित्ता भरी
टाशो टास्ने
स्वदेशी भैइकन पनि
बिदेशी भएको
मेरो परदेशी ब्लगर साथी।
+२ सकेर बिदेश झरेको
२-४ बर्ष पछी फर्कन्छु भन्दै
उतै घरजम गरेको
बर्सौ हुन लगिसकेछ ।
भौतिकबादमा जिबन देखेर
अध्यात्माबादबाट भागेको
डलरको पछी लगेको
मेरो पर्देशी ब्लगर साथी ।
Labels:
Blogger,
कबिता,
ग्रीन कार्ड,
साथी
Monday, April 11, 2011
नबनागरिक र नयाँ स्वदेश
नागरिकता बेचेर
ग्रीन कार्ड किनेको उ
अझै पनि आफुलाई
देशभक्त ठान्छ
उ जस्तै
एउटा जमात छ
जो डलरका देशमा
गुमनाम जिन्दगी
बचिरहेछन
बचिरहेछन
अझै आफ्नो बन्न नसेकको
नयाँ स्वदेशमा।
Labels:
कबिता,
नब नागारिक,
स्वदेश
Thursday, April 7, 2011
सभासद्लाई आग्रह

संबिधान लेख्ने कलमको मसी नसुकाउ
दबाब देलान छिमेकीले जनतासँग नलुकाउ।
तिमी जनताका लागि, तिम्रा लागि जनता
समस्याको समाधान आँफै गर अन्त नफुकाउ।
उतर दक्षिण कतै पनि सिर नझुकाउ
स्वास्थ्य उपचार् भन्दै कुरा नलुकाउ।
परायको साथ छोडी जनताको साथ लेउ
आफ्नोपनको आभास दिने नयाँ संबिधान देउ।
Thursday, March 31, 2011
मन नै अध्यारो भएसी जुन लाएर पो के भो/ कबिता
मन नै अध्यारो भएसी जुन लाएर पो के भो
मोल नभएको जिन्दगीमा सुन लाएर पो के भो
थिए सपना धेरै जिन्दगीमा तिम्लाई सजाउने
रैछ्यु साह्रै बैगुनी तिमी गुन लाएर पो के भो।
आश्वासनका शब्दहरु अब पाएर पो के भो
बिग्रेको अन्न पो भइसकेछु घुन लाएर पो के भो
जता गये नि जे गरे नि सधैं काम बिग्रन्छ
चर्केको घाउमा अब नुन चुक लाएर पो के भो।
Labels:
कबिता
Sunday, March 27, 2011
मिसन अमेरिका
आँफैलाई हराएर
पोख्त बनाइरहेछ
ईंग्लिश म्याथस्मा
राम्रो युनिभर्सिटीमा
छात्रबृती पाउने
रंगिन सपना साचेर
हृदयका कुनाभरी
पढेर केही गर्ने
अनी हरिया डलर
वालेट्मा भर्ने
भबिश्य यहाँ
नखोजेर/ नदेखेर
सप्ना पालेकोको छ उस्ले
सात समुन्द्र तर्ने
स्वप्निल संसारमा झर्ने
ग्र्याजुएसनको TRANSCRIPT
अनी MRP लिदै
GRE र TOEFL को परीक्षा दिदै
देखाउदै बैंक ब्यालेन्स
गरेर अनेक तरिका
पुरा गर्नु छ उश्लाई
मिसन अमेरिका।
Labels:
Brain Drain,
GRE,
IAAS,
USA,
कबिता
Monday, March 21, 2011
हजुर / कबिता
दिल्लीतिर पानी परे काठमाडौंमा छाता ओढने हजुर
काठमाडौंमा केही परे दिल्ली पाइला मोढने हजुर।
एक अर्काको खोइरो खन्दैमा कसैलाई फुर्सद छैन
कसैले सोधिहाले राष्ट्रबादी कुरा जोढ्ने हजुर।
हस्तछेप भन्दै सरकारी सम्पत्ति फोड्ने हजुर
सुटुक्क बिदेशिसँग साईनो पनि जोड्ने हजुर।
भन्छंन यो देश सबैको साझा फुलबारी
जाती, धर्म भन्दै साईनो किन तोढ्ने हजुर।
सबै भन्छंन झारलाई बेलैमा गोढ्ने हजुर
बिदेशी यो झारलाई किन तेसै छोड्ने हजुर।
आफु आफु मिलेमा नहुने यहाँ के नै छ होला र
आफ्नै बिचको ठुलो पर्खल कहिले होला तोढ्ने हजुर ।
Friday, March 11, 2011
Wednesday, March 9, 2011
बिबस नारी
हरेक रात उ
एक-एक गरी फुस्किन्छे
आफै पत्र- पत्र च्यातिन्छे
च्यातिदा च्यातिदा उ
पत्र बिनाको सयपत्री भइसकिछ
तापनी पनि उ च्यातिइरहनु पर्छ
च्यातीनु उश्को बिबशता हो
अझै च्यात्न आउनेको
केहि कमी छैन उश कहाँ
फगत केहि सयमा
आफैलाई साटी रहिछे
आफैलाई साटी रहिछे
ज्यान पाल्न
आफ्नो र बालबच्चाको
आफ्नो र बालबच्चाको
डान्स बारको बिकल्प खोज्दै
मसाज पार्लरमा पुगेकी उ
आफैलाई च्यात्ने हातहरुसँग
सिउने सियो मागी रहेकीछ
काठमाडौं सुत्दा उठ्ने
र उठ्दा सुत्ने
उश्को जिन्दगी।
Labels:
कबिता,
देहव्यापार,
नारी
Sunday, March 6, 2011
केही लोड सेडीङ्का कबिता
२४ घन्टे लोड सेडिङ्
सुत्दा पनि लाईन छैन
उठ्दा पनि लाइन छैन,
एक पटक घोरिएर सो चे
२४ घन्टे लोड सेडिङ् त होईन ।
पानी मा धनी हामी
धारा खोल्दा धेरै ठाउँमा पानी आउ दैन
सि चा इ गर्न जमिन लाई पानी पाउ दैन
नेपाल जलस्रोतमा दोस्रो धनी देश
तेसो नलेखे जाँचमा नम्बर आउँदैन ।
जनसख्या बढाउने उपाय
लोडसेडिङ् हँदा नेपालमा गर्भवति बढे अरे
पढ्न नपाएर विध्यार्थी परिक्षामा लडे अरे
जनसङ्ख्या नबढेर सिङ्गापुर लाई टेन्सन
कसो होला त्यता पनि लोडसेडिङ् गरे ।
कमिसन
बिधुत् महसुल बुझाऊँदा मैले; हजारकै नोट लियो
खुद्रा छैन भन्दै मलाई ऐउटा मैनबत्ति दियो
साँच्चिकै खुद्रा नभऐरै हो त पैसा नदिएको
कि मैनबत्ति बेचेकोमा उसलाई कमिसन थियो ।
Labels:
कबिता,
बत्ति,
लोड सेडिंङ
Friday, March 4, 2011
कालो चिल्लो कार चड्न पाए पुगो
अरु केहि चाहिदैन कुर्ची आए पुगो
जसरि नि दौरा शुरबाल लाए पुगो
देश र जनताको मतलब छँदै छैन
कालो चिल्लो कार चड्न पाए पुगो
जसरि नि पैसा कमाउन पाए पुगो
आफन्तलाई जागिर लाए पुगो
दक्षिणको सिमाना सरेको मतलब छैन
कालो चिल्लो कार चढ्न पाए पुगो
जनता भोकै रहुन आफुले खान पाए पुगो
दलबल सित बिदेस भ्रमण जान पाए पुगो
देशका समश्या सबै जहाँको तेही छन
कालो चिल्लो कार चढ्न पाए पुगो ।
Labels:
कबिता
Subscribe to:
Posts (Atom)











