Showing posts with label संबिधान. Show all posts
Showing posts with label संबिधान. Show all posts

Thursday, April 7, 2011

सभासद्लाई आग्रह




  संबिधान लेख्ने कलमको मसी नसुकाउ
 दबाब देलान छिमेकीले जनतासँग नलुकाउ।

तिमी जनताका लागि, तिम्रा लागि जनता
 समस्याको समाधान आँफै गर अन्त नफुकाउ।

 उतर दक्षिण कतै पनि सिर नझुकाउ
 स्वास्थ्य उपचार् भन्दै कुरा नलुकाउ।

 परायको साथ छोडी जनताको साथ लेउ  
 आफ्नोपनको आभास दिने नयाँ संबिधान देउ।  

         

Thursday, March 17, 2011

बिदेसमा नेपाली संबिधान / मुक्तक



बिदेसमा नेपाली संबिधान 


बिदेसमा नेपालको संबिधान बनेको छ अरे
 यो- यो लेख भनि उश्ले नेतालाई भनेको छ अरे
 तेही ' रेडि मेड'  संबिधान जारी गर्ने
कती दिन बाकी भन्दै दिन गनेको छ अरे ।





        



          दुखेको मन
                                                                                                       
 संबिधान लेख्ने मसी किन अझै सुकेकोछ ?
कामेका छन ति हातहरु बल कहाँ लुकेको छ ?
अझै कती खेल्ने हो सत्ताको फोहरी खेल 
नया संबिधान खोज्ने जनताको मन दुखेको छ ।


Comment using facebook