छिटै फर्कने आश्वाशन बाडेर नजाऊ प्रिय
भिडमा पनि एक्लो हुन्छु छाडेर नजाऊ प्रिय।
तिमी बिना एकपल गारो छ जीउन यहाँ
मन भित्र मायाको चिनो गाडेर नजाऊ प्रिय।
मीठो लाग्छ सिस्नोखोले पनि तिमीसंगै खाँदा
सुन्दर यो हाम्रो संसारलाई फोडेर नजाऊ प्रिय।
बगाए पसिना यही माटोमा सुन फल्छ
संगै बसी पौरख गरौंला टाढेर नजाऊ प्रिय।


