Tuesday, November 10, 2015

माग्ने


हामी माग्ने थियौ, छौ र सायद रहिरहने छौ । मागीरहेका छौ, मात्र केहि परिवर्तन भएको छ त लगाई, माग्ने तरिका, माग्ने ठाउ र माग्ने बस्तु। यहि परिस्थिती रही रहेमा सातौ पुस्ता सम्म पनि माग्ने बनि रहन्छौ। 
हाम्रो संस्कार परम्परा माग्ने प्रक्रियाले नै धानी रहेकोछ। चाहे मन्दिर जाउ, चाहे गुम्बा जाउ, चाहे गिर्जाघर (मस्जिद चाहि गएको छैन है) चन्दा बाकस मात्रै देखिन्छ। सब भन्दा पहिले डोनेसन बाकसले हाम्रो दर्शन गर्छ र केहि रकम माग्छ अनि मात्रै मन्दिर भित्रको मुर्तिको दर्शन पाइन्छ। कहिले काही त यस्तो अबस्था पनि आउंछ कि मन्दिर देवी देउताको दर्शन गर्न आएको कि डोनेसन बाकसको ? मुर्तिहरु डोनेसन बकस बिचमा हराएर देखिदैन।
मन्दिरमा आउनेहरु पनि कहाँ भक्तजनहरु हुन र ? सब माग्नेहरु, एक से एक माग्नेहरू। मन्दिरमा किन आउने त भन्दा माग्न। कसिले केटा माग्न, कसैले केटी माग्न कोहि भेटी माग्न, सबैका माग छन्। भक्त भन्दा मलाइ मन्दिरमा माग्नेहरुको घुइचो बढी लाग्छ। मन्दिरमा बसी पाएको दुइ चार रुपिया मागी गुजारा गर्न असली माग्ने छायामा परेजस्तो। 
अन्यत्र मात्रै होइन फेसबुकमा भने पनि माग्ने प्रवृति ब्यापक रूपमा देखिन्छ। किनकि त्यहाँ पनि नेपाली छन्। एउटा मन्दिर वा देवी देउताको वा कसैको फोटो राखेर लाइक वा सेयर गरौ भनि माग्ने भिकारीहरुले बिहान होस् वा साझ फेसबुके भित्तो भरेर कराई रहेकै हुन्छन्। अझै कुनै प्रतोयोगितामा भाग लिनेहरुले त म्यासेज, रीक्येवेस्ट पठाई-पठाई वा फोनै गरेर पनि लाइक माग्ने गरेको लेखकले अनुभब गरेको छ।  
नेता कहाँ अपबाद छन् र ? हुन त जस्तो जनता उस्तै नेता हुन पर्यो नि। नेताहरु पनि उही त हुन नि। झन् यिनीहरुको त जन्म नै मागेर हुन्छ। भोट मागेर। मागेर जन्मिएकोले काहा माग्ने अन्त्य गर्लान र ? सायद त्यसैले होला के त्यतातर्फ कदम नचलाएको। आफै स्वाभिमानी भए कहाँ माग्न पाइन्छ ? कहाँ “प्रभुसंग” लम्पसार पर्न पाइन्छ ?  
हाम्रा मिडियाहरु पनि यसमा जिम्मेबार छन्। कुनै नेता विदेश गएर आयो भने के-के मागेर ल्यायौ भनेर एअरपोर्टबाट झर्न नै नपाउदै प्रशनको झटारो बसाइ हाल्छन। केहि नदेखिएमा भ्रमण असफल भएको भनेर घोक्रो सुक्ने गरी कराइरहन्छन्। यहा अखबारले जस्ले जति मागेर ल्याउन सक्यो त्यसलाई राज नेता बनाइदिन्छन् केहि अपबाद बाहेक। उताको समाचार लेखे बापत वा देखेको कुरा नलेखे बापत मागी-मागी पाचतारे होटेलहरुमा लैनचौरले प्रयोजन गरेको भोज खाने पत्रकार पनि छन्। उतैको आज्ञा मानेर आज्ञाकारी भए बापत भिक्षा स्वरूप SBI बैंकको चेक हाका-हाकी लानेहरु त छन् यहाँ। अनि आफ्नो कितावमा फलानो देशको राजदुतसंग यहाँ गए यस्तो गरे तर केहि मागिन भनेर बकम्फुसे आदर्श छाट्नेहरुको पनि कमि कहाँ छ र ? अहिले त पुरस्कार पनि यस्तैले मागेरै आशिर्वाद स्वरूप पाउने चलन पो छ त!
अझ माग्न नै PhD गरेका नेताहरुको कुरा नै बेग्लै। उतैको सिमानामा गएर, त्यतैको भात खाएर, उतैको नारा बोकेर, घोक्रो सुक्ने गरी दशगाजा वा सिमाना पारी गएर आन्दोलन नामको नाटक गरी माग्ने काम भइरहेकै छ। देश ठप्पै रहोस के हुन्छ र ? जनतामा एउटा कुरो बार्तामा अर्को कुरो मागे नि के फरक पर्छ र ! हामी माग्दा-माग्दै यति अभ्यस्त भइ सकेका छौ की आफ्नो लागी होइन अर्कैको लागी पनि माग्न थाली सकेछौ। आखिर माग्ने, माग्ने नै हो, के को स्वाभिमान ? के को आत्मसम्मान। यो स्वाभिमान भन्ने चिज त हामीले पहिल्यै कालापानीमा बगाई सकेको होइन र ? चाहे सुगौली सम्झौता होस्, चाहे भारतीय होस वा बेलायती नेपाली सैनिक जागिर हाम्रो स्वाभिमान झुकैकै होइन र ? अर्काका लागी लडेर बहादुर बने, घरमा आफु फकाई भित्र लडीरहेका छन्। सत्ता होस् वा प्रदेश। हामीले बिर भन्ने गरेको गौर्खा सैनिक जव विदेशमा कुनै कुकुरको नाम राखिन्छ अनि कहाँ कहाँ हाम्रो स्वाभिमान रहन्छ ?
यो देशमा यति धेरै माग्नेहरु छन। लाटो हिसाव गर्दा पनि ९९।९९ प्रतिशत। जन गड़ना नै गर्दा अझ बढ्ने पक्का छ। तर माग्नेहरुलाइ यो देशमा घोर अन्याय भएको छ। एउटा जाबो प्रदेश पनि दिइएको छैन। हामी माग्नेहरु सहेर बसेका छौ। यसलाई कमजोरी नठानियोस। हामी उठायौ भने हिमपहिरो जसरी उठ्ने छौ। कसैको केहि नाम निसाना रहने छैन। हामी नाकाबन्दी पनि गरीदिन सक्छौ। अनि त्यस पछि नेताले भोट माग्न सक्दैन, त्यो भन्दा ठुलो कुरो लैनचौर, लाजिम्पाटको आवत जावत रोकी दिन्छौ। अनि त धेरै नेताको घर खर्च र भरपोषण खर्च नै रोकिन्छ। नेहरु डक्ट्रिनको कार्यान्यन रोकिन्छ। अनि के गर्नु हुन्छ नेताज्यू। जनता नभए नि बाच्न सक्ने, तर लैनचौर र लाजिमपाट एकै दिनमात्रै पुग्न सक्नु भएँन भने तपाईलाई औडाहा र छटपटी हुन्छ भनेर हामीले बुझेका छौ। तपाइले मात्रै कहाँ हो र जनताले खुव दु;ख पाउनेछन्। ग्यास पेट्रोल माग्न सक्दैनन, पानी, बिजुली आदि पनि। यस्तो घोर मानवीय संकट आउने छ कि कसको कल्पना भन्दा बाहिर। अनि तपाइले हाम्रो माग पुरा कसो नहोला। पुरा नभई हारो आन्दोलन रोकीदैन। यो माग्ने मोर्चाले गरेको आन्दोलन दिन महिना वर्ष होइन दशकौ सम्म पनि चल्न सक्छ। हाम्रो माग सबै अक्षरस पुरा नभईन्जेल सम्म।  
पहिले दक्षिणबाट माग्यौ अहिले चाइनाबाट माग्दै छौ। पहिले धोती लगाएर माग्यौ। अब फेरी कुन लुगा लगाएर माग्ने हो ? जति पल्ट माग्यौ, आफिलाई बेचेर माग्यौ। अब अझैँ कति मागी रहनेहो ? मन्त्रि, प्रधानमन्त्रीको त के कुरा पशुपति नाथलाई त थाहा छैन होला उत्तर। उनि पनि विकास कोषले मागेको भेटी चन्दाबाट आफुलाई मेन्टेन गरेर बाची रहेकाछन्। म जाबो माग्नेलाई के थाहा! तर एउटा कुरो निश्चित छ, हामीमा माग्ने सोच त्याग्ने बिचार, स्वाभिमानी आचार नभइन्जेलसम्म हामी माग्नेको माग्ने नै रही रहन्छौ। कुनै कसैले नाकाबन्दी लगाउदैमा हामी आफ्नो प्यारो माग्ने नाम र कामबाट कसैले टसमस गराउन सक्दैन। 
जय देश 
जय माग्ने प्रदेश

Tuesday, January 20, 2015

अब त अति भो! संबिधान सभा भाग-२ (गन्थन् मन्थन)


आजभोली नेपाली राजनीतिको बारेमा खासै टिप्पणी गर्न मन लाग्दैन तर पनि हिजो राति संबिधान सभा भित्र भएको ताण्डब नृत्य देख्दा केहि नलेखी बस्ने मन लागेन ।

आफ्नो र आफ्नो पार्टीको हितका लागि देशलाई नै दाउमा राख्ने हाम्रा नेताहरुको प्रवृति बास्तबमै नराम्रो छ । आफुमा भएको दम्भ र अहंकारले नै गर्दा अघिल्लो संबिधान सभामा भएको ठुला दलहरुको प्रतिनिधित्व दोस्रो संबिधान सभामा निकै थोरै मा सिमित हुन पुगेको थियो र अझै पनि अराजनैतिक अनैतिक र उही द्वन्द कालकै रूपमा प्रस्तुत हुने हो र भित्रैबाट लोकतान्त्रिक चरित्रमा आफुलाई प्रस्तुत नगर्ने हो भने नेपालका केहि पाटीहरु अबका केहि वर्ष हरुमा नै इतिहासका पानाहरुमा मात्रै सिमित रहन सम्भावना छ।

Monday, January 23, 2012

नजाऊ प्रिय



छिटै फर्कने आश्वाशन बाडेर नजाऊ प्रिय
भिडमा पनि एक्लो हुन्छु छाडेर नजाऊ प्रिय।

तिमी बिना एकपल गारो छ जीउन यहाँ
मन भित्र मायाको चिनो गाडेर नजाऊ प्रिय।

मीठो लाग्छ सिस्नोखोले पनि तिमीसंगै खाँदा
सुन्दर यो हाम्रो संसारलाई फोडेर नजाऊ प्रिय।

बगाए पसिना यही माटोमा सुन फल्छ
संगै बसी पौरख गरौंला टाढेर नजाऊ प्रिय।  

Sunday, January 8, 2012

रातो तन्ना


एक दिन एक रात
गेस्ट हाउसको एक बात
केही दुई एक साथ,
हुन्छ सुरु एक रात !

रातो गेस्ट हाउस,
रात कै हो  कुरा,
काम गर्ने कति सुरा,
सुन्दा पनि चल्छ
यो मनमा छुरा !

Saturday, January 7, 2012

हाम्रो IAAS मा




काडाँ लगाई मनको ढोका बार्नेहरु छन् IAAS मा ।
डेरा सारे जस्तो माया सार्नेहरू छन् IAAS मा ।

रमाइलो गरौ २-४ वर्ष पढिन्जेल भनि
जस्तालाई नि लभ गर्नेहरु छन् IAAS मा ।

बिर्सन्छन् संसार दुई मन मिलेपछि
एकादिउसै  रात पार्नेहरु छन् IAAS मा ।

निस्कनु पर्छ बेलुकी बाहिरतिर यहाँ
मायाका शित झार्नेहरू छन् IAAS मा ।

Comment using facebook