Showing posts with label ब्यङ्ग्य. Show all posts
Showing posts with label ब्यङ्ग्य. Show all posts

Friday, September 2, 2011

मधेशबादी नेताहरुको नियोजन


कति सम्म फुट्न सक्छन हो मधेसी  राजनीतिक दलहरु ? अब त मधेशमा एक राजनीतिक दल एक नेता हुन लागी सक्यो !  कार्यकर्ता चाही नेताहरुको सत्ता मोहबाट बिरक्तियर पार्टी छोडी जाने र नेताहरु भने  नया पाटी उत्पादन गरिरहने । हरेक सरकार बन्दा संगै मधेशमा नया पार्टी जन्मिरहेको हुन्छ । कस्तो उर्बर भुमि रहेछ पार्टीहरुको लागी मधेश; अब त धेरै हुन लागेन र ?  कि प्रभुले जति दिइ रहन्छन तेती थापीरहने हो ?  एक मधेसी एक मधेसी पार्टी त पक्कै पनि उनीहरुको रणनिती होइन होला ।  हुन त जति फुटे पनि सत्ता बार्गेनिंगमा उनीहरुको स्वर चर्को हुन्छ ।  यदि येस्तै चाला हो, भने एक पार्टी एक कार्यकर्ता र एक नेता हुने दिन नआउला मधेशमा भनेर भन्न सकिन्न । यत्तिकै बस्ने हो हामी  भने त यी नेताहरुले पार्टी जन्माएको जन्माई गरि रहन्छन, यो देशमा पार्टीको संख्या बढाईरहन्छन । यसै त नेता बढी भएको यो मुलुकमा थेग्न नसक्ने गरि नेता र पार्टीहरु जन्मिछन्। तेसैले अब जनसंख्या नियन्त्रण गर्न परिवार नियोजन गरेको जस्तै मधेसी नेताहरुको पनि नया पार्टी जन्माउन नसक्ने गरि नियोजन गरे कसो होला ?

Friday, August 26, 2011

केहि उट्पट्याङ कविता


नेता
जुटेर 
फुटेर 
कुटेर 
लुटेर
भए नि सभासद्को जागिर पाइयो 
अब सब पुग्यो मात्र कुर्सी चहियो ।

कर्मचारी
नेपालका कर्मचारीको काम 
मात्रै कहिले जाला र  घाम 
मतलब छैन भए नि सेबाग्राहीको लाम 
सानो काम गर्न नि चडाउनु पर्छ दाम  ।

केटी 
जवानीमा बारतिर लभ गर्ने 
राम्रो केटो मिलाइदेउ भन्दै 
भगबान महादेवको शरण पर्ने।

Wednesday, February 23, 2011

रुखो तालु


दिनै पिक्छे कपाल झर्दै जानुले मलाई लग्न थालेको छ कि मेरो तालु रुखो छ । हुन त स्कुलमा सरहरुले तेरो टाउकोमा त गोबर भरिएको छ भनेर नभनेका पनि होईनन् । यदि तेसो हुदो हो त गोबरको मलिलोपनले कपाल हलक्क बढेर बाक्लो गरी आउनु पर्ने हो, तर त्यसरी कहिले आएन । बाकी रहेको नि कहिले सफा चट हुने हो थाहा छैन ।

तालुमा कपाल नफलेर के भो र, आलु फले त भै हाल्यो नि भनेर चित्त बुझाउदै बसे तर बिशौ बशन्त पार गरी सक्दा पनी तालुमा आलु फल्ने छाटकाट छैन ! साएद यो तालु मलिलो हुदो हो त पहिले नै फल्नु पर्ने . . . . .

यो तालुमा बच्चामा केबल जुम्रा मात्रै फल्यो, अनि आजकाल नि कहिले कही चाया मात्रै फल्छ तर तालुमा आलु फल्ने छायाँ सम्म पनि देखिन्न, तेसैले पनि लाग्छ यो तालु मरभुमी भन्दा रुखो छ । 
 फूट्बल नखेले पनि Rhonaldo जस्तो, फिल्म नखेले पनि सलमान जस्तो भनेर साथिहरुले भन्दा म मख्ख पर्ने गर्थे, बास्तबिकता थाहा भए पछी मलाई मेरै साथीहरुदेखी रिश उठ्न थलेको छ । पक्कै पनि मेरो रुखो तालु देखेरै भनेको हुनु पर्छ।

हुन त जस्को बढी जे चल्छ तेश्मा रौ हुँदैन भनेर भन्छन्, जस्तै केटीहरुको दारी जुगा आउदैन, हत्केलामा, पैतलामा रौ आउदेन । तेस्तै गरी आफ्नो दिमाग बढी चल्ने भएर पो हो कि, कपाल न आएको ? फेरी कलेज टप गर्ने हरुमा कपाल लामो भएकै केटीहरु बढी छन्, तर आफ्नो नम्बर हेर्यो भने बिजग छ ।

 पहिला एक जग पानीले मुख धुन पुग्ने गर्थ्यो, तर जती उमेर बढ्दै गयो तेती नै बढी पानी चाहिने भा’को छ । बिहानै मुख धुदा कहाँ सम्म मुख धुने भन्ने समश्या नि आएको छ । खडेरी पनि बढ्दै जाने र तक्लु पनि यही गतिमा बढ्दै जाने हो भने नेपालमा पानीको समश्या झनै बढेर जाने सम्भाबना छ । साथ साथै नाइहरुको पेशा पनि शकट्मा पर्दै छ । यस्ले झन बेरोजगारी झन बढाउदै छ।

 आखिर रुखै भए पनि मेरो तक्लु तालुले आर्थेक रुपमा मलाई फइदा नै भएको छ । कपाल कोर्नै नपर्ने, कट्नै नपर्ने, तेल लगाउँन नपर्ने, काइयो नचाइने, श्याम्पू नभए नि हुने, नुहाउन पनि कम पानीले पुग्ने अदि-अदि ।

Friday, February 4, 2011

झापड



केटाकेटी छँदा स्कुलमा कहिलेकाहीँ बदमास गर्दा सरहरुको हातबाट झापड खाएकै हो। घरमा पनि बिगार गर्दा बाबु-आमाको चड्कन खानु पनि खासै नौलो कुरो थिएन मेरा लागि। झापड खाएको ठाउँमा पाँच औँलाको डाम बस्ने, रातो हुने र दुख्ने बाहेक केहि भएन। केबल झापड खाँदा तोरिको फूलमात्र दौखियो। झापड खाँदा-खाँदा 'पापड' सुन्दा पनि झापडको सम्झनाले पीडा हुन्थ्यो। मैले खाएको र साथीलाई हानेको झापडले न मेरो लागि कहिल्यै सुखद परिडाम ल्यायो न त चर्चित नै बनायो। त्यसले केबल पिडा र लज्जाबोध मात्र गरायो। स्कुलमा सरले आफ्नै साथीको अगाडि ल्याएर झापड हानेको सम्झदा अँझै पनि मेरो आँङ् सिरिङ्ग हुन्छ।

Comment using facebook