Showing posts with label लोड सेडिंङ. Show all posts
Showing posts with label लोड सेडिंङ. Show all posts

Sunday, March 6, 2011

केही लोड सेडीङ्का कबिता


 २४ घन्टे लोड सेडिङ् 
सुत्दा पनि लाईन छैन
उठ्दा पनि लाइन छैन,
एक पटक  घोरिएर सो चे
२४ घन्टे लोड सेडिङ् होईन ।

 
 पानी मा धनी हामी
धारा खोल्दा धेरै ठाउँमा पानी आउ दैन
सि चा गर्न जमिन लाई पानी पाउ दैन
नेपाल जलस्रोतमा दोस्रो धनी देश
तेसो नलेखे जाँचमा नम्बर आउँदैन ।

जनसख्या बढाउने उपाय
लोडसेडिङ् हँदा नेपालमा गर्भवति बढे अरे
पढ्न नपाएर विध्यार्थी परिक्षामा लडे अरे
जनसङ्ख्या नबढेर सिङ्गापुर लाई टेन्सन
कसो होला त्यता पनि लोडसेडिङ् गरे ।

कमिसन
बिधुत् महसुल बुझाऊँदा मैले; हजारकै नोट लियो
खुद्रा छैन  भन्दै मलाई ऐउटा  मैनबत्ति दियो
साँच्चिकै  खुद्रा  नभऐरै हो पैसा नदिएको
कि मैनबत्ति बेचेकोमा उसलाई  कमिसन थियो ।

Comment using facebook