Sunday, March 6, 2011

केही लोड सेडीङ्का कबिता


 २४ घन्टे लोड सेडिङ् 
सुत्दा पनि लाईन छैन
उठ्दा पनि लाइन छैन,
एक पटक  घोरिएर सो चे
२४ घन्टे लोड सेडिङ् होईन ।

 
 पानी मा धनी हामी
धारा खोल्दा धेरै ठाउँमा पानी आउ दैन
सि चा गर्न जमिन लाई पानी पाउ दैन
नेपाल जलस्रोतमा दोस्रो धनी देश
तेसो नलेखे जाँचमा नम्बर आउँदैन ।

जनसख्या बढाउने उपाय
लोडसेडिङ् हँदा नेपालमा गर्भवति बढे अरे
पढ्न नपाएर विध्यार्थी परिक्षामा लडे अरे
जनसङ्ख्या नबढेर सिङ्गापुर लाई टेन्सन
कसो होला त्यता पनि लोडसेडिङ् गरे ।

कमिसन
बिधुत् महसुल बुझाऊँदा मैले; हजारकै नोट लियो
खुद्रा छैन  भन्दै मलाई ऐउटा  मैनबत्ति दियो
साँच्चिकै  खुद्रा  नभऐरै हो पैसा नदिएको
कि मैनबत्ति बेचेकोमा उसलाई  कमिसन थियो ।

0 comments so far:

Post a Comment

Comment using facebook