Showing posts with label देहव्यापार. Show all posts
Showing posts with label देहव्यापार. Show all posts

Tuesday, April 19, 2011

रुप बेच्ने सानु



   आफ्नै  रूप किन  बेच्न थाल्यौ  सानु
 पैसामै आफ्नो ज्यान किन फाल्यौ सानु ।

दु:ख गरे  जिन्दगीमा नहुने  के पो  छ र
 झट्टै धनी हुने  रहर किन फाल्यौ  पाल्यौ सानु।

प्वाल  परेको डुंगामा किन खुट्टा हाल्यौ  सानु 
आँफैलाई बेचेर किन गरीबिलाई टाल्यौ  सानु।

 गरीबिलाइ   होइन अब कालले पो जित्ने भो
 सजिलो छ काम भन्दै  किन पाइला चाल्यौ सानु।

 धनको  आगोमा किन आफैलाई बाल्यौ सानु 
अमुल्य यो जिबन किन त्यसै फाल्यौ  सानु  । 
             

Wednesday, March 9, 2011

बिबस नारी


हरेक रात
एक-एक गरी फुस्किन्छे
आफै पत्र- पत्र  च्यातिन्छे
च्यातिदा च्यातिदा
पत्र बिनाको सयपत्री भइसकिछ
तापनी पनि च्यातिइरहनु पर्छ
च्यातीनु उश्को बिबशता हो
अझै च्यात्न आउनेको
केहि कमी छैन उश कहाँ
फगत केहि सयमा
आफैलाई साटी रहिछे
ज्यान पाल्न
आफ्नो  बालबच्चाको
डान्स बारको बिकल्प खोज्दै
मसाज पार्लरमा पुगेकी
आफैलाई च्यात्ने हातहरुसँग
सिउने सियो मागी रहेकीछ
काठमाडौं सुत्दा उठ्ने
उठ्दा सुत्ने
उश्को जिन्दगी।
      

Comment using facebook