यी मुक्तकहरु लमजुंङ क्याम्पसमा बितेको २ बर्से बिध्यार्थी जिबनलाई आधार मानेर लेखिएका हुन् । केहि सुनेका कुरा , केहि भोगेका कुरा र केहि कल्पनाका कुरा मिसाएर लेख्ने प्रयास गरेको छु।
यदि कसैको बस्तिक जिबनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।
तिम्रो पछि ६-७ जना केटाहरुको लाम थियो
तेसैले त कलेजमा तिम्रो कस्तो नाम थियो
जति चोखो माया गरे नि के भयो र आज यहाँ
गयौ तिमी तेहीसंग जोसंग तिम्रो काम थियो ।
हात समाउदै कति पल्ट सुन्दरबजार धा' का थियौ ?
डेटिग भनि कति पल्ट महेन्द्रपुलमा गा ' का थियौ ?
भन्नेले त धेरै भन्थे यहाँ तर अड्कलेरै सुने मैले
गोधुली ति साझमा भन के-के तिम्ले खा'का थियौ ।


