Showing posts with label USA. Show all posts
Showing posts with label USA. Show all posts

Sunday, March 27, 2011

मिसन अमेरिका


GRE को  तयारीमा
 आँफैलाई हराएर 
पोख्त बनाइरहेछ
 ईंग्लिश म्याथस्मा
 राम्रो युनिभर्सिटीमा 
छात्रबृती पाउने 
रंगिन  सपना साचेर 
हृदयका कुनाभरी 
पढेर केही गर्ने
 अनी हरिया डलर
 वालेट्मा भर्ने 
भबिश्य यहाँ 
नखोजेर/ नदेखेर
 सप्ना पालेकोको छ उस्ले 
सात समुन्द्र तर्ने
  स्वप्निल संसारमा झर्ने
 ग्र्याजुएसनको  TRANSCRIPT 
अनी MRP  लिदै
 GRE र  TOEFL को परीक्षा दिदै 
 देखाउदै बैंक ब्यालेन्स 
गरेर अनेक तरिका
 पुरा गर्नु छ उश्लाई
 मिसन अमेरिका।     

Comment using facebook