Showing posts with label फूलबारी. Show all posts
Showing posts with label फूलबारी. Show all posts

Sunday, June 26, 2011

फूल बिनाको फूलबारी


ब्लग बाट केहि समय हराए पनि यो ब्लग मृत चाही भैसकेको छैन, बिबिध कारणले गर्दा बिगत एक महिना देखि ब्लगमा अपडेट गर्न पाएको थिइन । आज कविता लिएर आएको छु ।


हजार फुल छोडेर एउटा फुल गोड्ने माली
तेही मात्रै हुर्कौउदामा अरु तिर भयो खाली।

रम्न आउथे चरा चुरुंगी मिठो सुसेली हाली
उजाडीदै गाको देख्दा न्याउली रुन थाली।

सप्तरंगी माला बन्थे छैन फूल येसपाली
१ फूलको मात्रै माला सुहाउदैन लाग्छ खाली।

येस्ले त केहि गर्छु भन्थ्यो तर निस्कयो जाली
खोज्दै छौ आर्को माली अध्यारोमा दियो बाली।

जुन जोगी नि कानै चिरेका कमण्डलु भर्ने खाली
काम छैन केहि पनि यहाँ मात्रै गर्छन धेरै गाली।

३ वर्ष भयो फूल रोपेको फूलबारी  भयो   खाली
माली धेरै भए यहाँ  एक अर्कालाई गर्छन गाली ।


गर्छन गाली ,
                  खान्छन्  ताली ,
                                         तर अझै छ फूलबारी फूल बिहिन खाली!!!!!

Comment using facebook