Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Monday, September 19, 2011

गजल


डाक्टर, बैध्य  सबै  छन्  पार्टी  रोगि  भयो तर 
प्रतिपक्षमा बस्छ भन्थे सत्तामा त गयो तर ।

फेर्छु भन्थे डा. साबले चाडै नै  यो देशको मुहार 
जहाँ नगए नि नछाड्ने बैध्य काउसो लायो तर ।

Thursday, September 1, 2011

फेरी रामपुर क्याम्पस जल्यो अरे


फेरी पनि  रामपुर   क्याम्पस  जल्यो अरे 
डिन, क्याम्पस प्रमुखको कुर्सी बल्यो अरे ।

बिधुत मसहुल तिर्न भनि आएको पैसा यहाँ 
२-४ जना  टाउकेको  गोजितिरै  फल्यो अरे ।

सबको मनमा अन्धकार थियो बिधुत  नहुदा 
प्राधिकरणले नि  हाम्लाई  यहाँ  छल्यो  अरे।

तोडफोड नभै यहाँ कसले सुन्छ हाम्रो आबाज 
बले पछि आगो  प्रशासन  बल्ल  गल्यो  अरे । 

बाची बसेपछि  के -के देख्न  पाइन्छ   यहाँ 
कुकुर बिरालाको   नि  सहकार्य चल्यो अरे ।

तेही    अचम्को   सहकार्यले    गर्दा   यहा 
बल्ल- बल्ल  रामपुरमा बत्ति  बल्यो  अरे ।

Tuesday, April 19, 2011

रुप बेच्ने सानु



   आफ्नै  रूप किन  बेच्न थाल्यौ  सानु
 पैसामै आफ्नो ज्यान किन फाल्यौ सानु ।

दु:ख गरे  जिन्दगीमा नहुने  के पो  छ र
 झट्टै धनी हुने  रहर किन फाल्यौ  पाल्यौ सानु।

प्वाल  परेको डुंगामा किन खुट्टा हाल्यौ  सानु 
आँफैलाई बेचेर किन गरीबिलाई टाल्यौ  सानु।

 गरीबिलाइ   होइन अब कालले पो जित्ने भो
 सजिलो छ काम भन्दै  किन पाइला चाल्यौ सानु।

 धनको  आगोमा किन आफैलाई बाल्यौ सानु 
अमुल्य यो जिबन किन त्यसै फाल्यौ  सानु  । 
             

Saturday, April 16, 2011

हाम्रा नेता



मातृभाषा पनि अर्कासँग किन्ने हाम्रा नेता    
पदासिन हुँदा आफन्त मात्रै चिन्ने हाम्रा नेता

मुखमा   राम  राम बगलिमा हुन्छ छुरा याहा
आफ्नो   टेबल मुनी पैसै पैसा गन्ने हाम्रा नेता

आँफै भित्र तालमेल छैन झगडा त कती कती
 बिदेशिले बिगारी   दिये     भन्ने हाम्रा नेता

राम्रो काम गर्नेलाई त  कसैले नि  देख्नै हुन्न 
खसाल्नलाई खाल्टो मात्रै खन्ने हाम्रा नेता 

देश र जनताको त  कसैलाई मतलब छैन 
 बिदेशिको मात्रै  प्यारो बन्ने हाम्रा नेता ।  

Monday, March 28, 2011

पाउरोटी झै टुक्रा टुक्रा देशलाई नबाडौन/ गजल


  

 पाउरोटी झै टुक्रा टुक्रा देशलाई नबाडौन
 जाति धर्मका आड्मा सहिष्णुता  नभाडौन।

 घर झगडामा अल्झिदा चोर् पसेको थाहा छैन  
पक्रेर त्यो चोर् लाई तेसै त नछाडौन ।

सबैको साझा फुलबारी यो देशलाई नमाडौन 
बिभाजनका रेखाहरु कतै पनि नगाडौन।

 मौलाउन दिउ यो  गणतन्त्रको बिरुवालाई
 झार सम्झी कसैले पनि  त्यसलाई नफाडौन ।                 

Thursday, March 24, 2011

गजल



  तल झारी आर्कालाई आफु माथि पार्नेहरु पनि देखे
 खोलामै रही आफु अरुलाई खोला तार्नेहरु पनि देखे

 मुखमा राम-राम बगलिमा छुरा सबैको यहाँ 
आफ्नैलाई प्रहार गरी मार्नेहरु पनि देखे.

 जिताइ आर्कलाई आँफै हार्नेहरु पनि देखे
 मान्छेलाई नि जोत्न भनी नार्नेहरु पनि देखे

 अल्छि तिघ्रो जस्को उशैको स्वादे जिब्रो हुदोरैछ 
कामै नगरी पकेको फल झार्नेहरु पनि देखे.

Comment using facebook