Friday, March 11, 2011

अलबिदा किसुनजी


एउटा बृद
 जो बाचेर पनि
मर्नेहरुको भिडमा
 मरेर पनि बाचेको छ
 ८ दसक बाचेको
 राजनीतिमा लागेको
 दुस्मनसँग हरेक लडाईं जितेर
 पनि आफ्नोसँग हारेको
देश र जनताक लागि
 आफ्नो बैस साटेको
 अबिबाहित जिबन काटेको
 लोकतन्त्रका लागि

राजनीतिमा पसेको
 पटक पटक जेलमा बसेको
बालुवाटार बसेर नि
छाता र किताब मात्रै जोडेको
निस्ठा र त्याग मात्रै
राजनीतिमा छाडेको
 पान खाइरहने
ठट्टा गरिरहने
अनबरत सघर्स गरेको
 लोकतन्त्रको बिज रोपेको
 देशलाई रुवाएर
आस्ताएका ति बृदलाई
 अलबिदा! अलबिदा!! अलबिदा!!!



0 comments so far:

Post a Comment

Comment using facebook