Showing posts with label माया. Show all posts
Showing posts with label माया. Show all posts

Thursday, February 24, 2011

अब त माया गरौ न काली


 कति बस्छयु अझै जिन्दगीमा खाली 
यौबनका रहरलाई त्यसै  खेर फाली 
कुरेको  तिम्लाई  मैले  बर्सौ   भयो 
अब  त   माया   गरौ    न    काली ।




सफा  छ यो  मन नसोच्नु  है जाली 
माया गर्छु तिम्लाई यो ज्यानै फाली 
अलि वर आउन एउटा कुरा भन्छु 
अब   त   माया   गरौ  न   काली।

 कति राख्च्यु त्यो अंगालोलाई खाली
मायाको फुलबारी बनाउन  न काली 
तिमी फुल बगैंचाको म बनेर माली 
अब   त    माया  गरौ     न    काली ।



Thursday, February 3, 2011

केहि मायाका कुरा गरौ न / हाइकु


गुलाब ल्याये
तिमीलाई नै भनि
स्वीकार गर

प्रेम पत्र नै
लेख्न भनि बसेको
शब्द फुरेन

माया गर्छु
भन्ने आट आएन
नामर्द हैन

हुन्छ भन
अथवा हुन्न भन
मौन नबन

आशै आशमा
कति बस्ने हो
निर्णय देउ

टुटेको मन
देख्ने भए तिम्ले
किन एश्तो भो

Comment using facebook