कति सम्म फुट्न सक्छन हो मधेसी राजनीतिक दलहरु ? अब त मधेशमा एक राजनीतिक दल एक नेता हुन लागी सक्यो ! कार्यकर्ता चाही नेताहरुको सत्ता मोहबाट बिरक्तियर पार्टी छोडी जाने र नेताहरु भने नया पाटी उत्पादन गरिरहने । हरेक सरकार बन्दा संगै मधेशमा नया पार्टी जन्मिरहेको हुन्छ । कस्तो उर्बर भुमि रहेछ पार्टीहरुको लागी मधेश; अब त धेरै हुन लागेन र ? कि प्रभुले जति दिइ रहन्छन तेती थापीरहने हो ? एक मधेसी एक मधेसी पार्टी त पक्कै पनि उनीहरुको रणनिती होइन होला । हुन त जति फुटे पनि सत्ता बार्गेनिंगमा उनीहरुको स्वर चर्को हुन्छ । यदि येस्तै चाला हो, भने एक पार्टी एक कार्यकर्ता र एक नेता हुने दिन नआउला मधेशमा भनेर भन्न सकिन्न । यत्तिकै बस्ने हो हामी भने त यी नेताहरुले पार्टी जन्माएको जन्माई गरि रहन्छन, यो देशमा पार्टीको संख्या बढाईरहन्छन । यसै त नेता बढी भएको यो मुलुकमा थेग्न नसक्ने गरि नेता र पार्टीहरु जन्मिछन्। तेसैले अब जनसंख्या नियन्त्रण गर्न परिवार नियोजन गरेको जस्तै मधेसी नेताहरुको पनि नया पार्टी जन्माउन नसक्ने गरि नियोजन गरे कसो होला ?
Friday, September 2, 2011
Thursday, September 1, 2011
फेरी रामपुर क्याम्पस जल्यो अरे
फेरी पनि रामपुर क्याम्पस जल्यो अरे
डिन, क्याम्पस प्रमुखको कुर्सी बल्यो अरे ।
बिधुत मसहुल तिर्न भनि आएको पैसा यहाँ
२-४ जना टाउकेको गोजितिरै फल्यो अरे ।
सबको मनमा अन्धकार थियो बिधुत नहुदा
प्राधिकरणले नि हाम्लाई यहाँ छल्यो अरे।
तोडफोड नभै यहाँ कसले सुन्छ हाम्रो आबाज
बले पछि आगो प्रशासन बल्ल गल्यो अरे ।
बाची बसेपछि के -के देख्न पाइन्छ यहाँ
कुकुर बिरालाको नि सहकार्य चल्यो अरे ।
तेही अचम्को सहकार्यले गर्दा यहा
बल्ल- बल्ल रामपुरमा बत्ति बल्यो अरे ।
Labels:
IAAS,
गजल,
राजनीति,
रामपुर क्याम्पस
Monday, August 29, 2011
तिज पहिले र अहिले
एक दिन मात्रै तिज मनाउथे पहिले
सासु बुहारीका कथा व्यथा गीतमा हुन्थ्यो
पति माग्थे पहिला, आजकाल गाठवाला पाम्
महिना दिन लाग्छ मनाउन अहिले ।
सासु बुहारीका कथा व्यथा गीतमा हुन्थ्यो
कति मिठो गीत/संगीत हुन्थ्यो, मनै छुन्थ्यो ।
Friday, August 26, 2011
केहि उट्पट्याङ कविता
नेता
जुटेर
फुटेर
कुटेर
लुटेर
भए नि सभासद्को जागिर पाइयो
अब सब पुग्यो मात्र कुर्सी चहियो ।
कर्मचारी
नेपालका कर्मचारीको काम
मात्रै कहिले जाला र घाम
मतलब छैन भए नि सेबाग्राहीको लाम
सानो काम गर्न नि चडाउनु पर्छ दाम ।
केटी
जवानीमा बारतिर लभ गर्ने
राम्रो केटो मिलाइदेउ भन्दै
भगबान महादेवको शरण पर्ने।
Sunday, August 21, 2011
Subscribe to:
Posts (Atom)
