Monday, September 5, 2011

कलेजको जिन्दगी


यी मुक्तकहरु लमजुंङ क्याम्पसमा बितेको २ बर्से बिध्यार्थी जिबनलाई आधार मानेर लेखिएका हुन् । केहि सुनेका कुरा , केहि भोगेका कुरा र केहि कल्पनाका कुरा मिसाएर लेख्ने  प्रयास गरेको छु।
यदि कसैको  बस्तिक जिबनसँग मेल खान गएमा संयोग मात्र हुनेछ

तिम्रो पछि ६-७ जना केटाहरुको लाम थियो 
तेसैले त कलेजमा तिम्रो कस्तो नाम थियो 
जति चोखो माया गरे नि के भयो र आज यहाँ 
गयौ तिमी तेहीसंग जोसंग तिम्रो काम थियो ।

हात समाउदै कति पल्ट सुन्दरबजार धा' का थियौ ?
डेटिग भनि कति पल्ट महेन्द्रपुलमा गा ' का थियौ ?
भन्नेले त धेरै भन्थे यहाँ तर  अड्कलेरै सुने मैले 
गोधुली ति साझमा भन के-के तिम्ले खा'का थियौ ।


तेस्रो सेमेस्टर:
उ  र  तिमी; भन कहाँ- कहाँ तिम्रो बास  हुन्थ्यो ?
जहाँ-जहाँ बस्थौ तिमीहरु तेही झाडी नाश हुन्थ्यो ।
उसलाई  भेट्न सधै  गाह्रो दिउसोतिर होस्टेलमा 
जति खेर पनि संगै भना के तेस्तो खाश हुन्थ्यो ?

सातौ सेमेस्टर सम्मका मुक्तकहरु लेखिएका छन् तिनलाई पछि क्रमस: पोस्ट गर्ने छु ।

0 comments so far:

Post a Comment

Comment using facebook