पछाड़ी राखी तिम्लाई बाइकमाँ चढ़नुको मज्जा बेग्लै थियो
भतकेको सडकमा अघि बढ्नुको मज्जा बेग्लै थियो
झ्याप्प डिस्क ब्रेक लगौदा मैले
तिम्रो त्यों अनुहार पढ्नुको मज्जा बेग्लै थियो .
सानो कुरामा पनि जिस्केर लडनुको मज्जा बेग्लै थियो
यात्रा गर्दा गर्दै बाटोमा माया बाड़नुको मज्जा बेग्लै थियो
छिटो बाइक नचलाऊ भन्ने तिमी र नमान्ने म
गंतब्यमा तिम्लाई छाडनुको मज्जा बेग्लै थियो .
0 comments so far:
Post a Comment