Thursday, February 17, 2011

ज्युदो लास



मुस्कुराए पनि नएन्मा आशु सकिइसके
म छु यही दौतरिहरु कहाँ पुगिसके
गर्न हुने/नहुने काम सबै गरी सके
मिर्तु अगाडी नै म हजर पल्ट मरिसके.

केहि छदा छँदै मैले खरानी लाईसके
गर्छु केहि भन्दा-भन्दै जिबन भ्यीईसके   
चरेस नखादै मैले हरेस खाइसके
मर्दै नमरी मैले श्रादन्जली पाई सके.

निर्दोस म, दोशिको पगरी लाईसके
बहार ल्याउछु भन्थे आफै  उजाड भैसके
सुन्दर सप्ना मेरा सुनमिले खाइसके
चितामा नपुग्दै मैले दागबत्ती पाईसके.

0 comments so far:

Post a Comment

Comment using facebook