Wednesday, July 27, 2011

नेपाली युवाका कथा



जेठो अमेरिका
माइलो युरोप
साइलो अरब
काइलो राजधानी
ठाइलो सदरमुकाम
कान्छो राजनीतिमा
बुढा बा- आमा गाऊँमा
युवाहिन सुन्य ठाउँमा
केटाकेटी, वृद, महिला मात्रै
जनसंख्याको नाउमा
जन्ती र मलामी नि
खोज्न गाह्रो त्यो ठाउमा
बाझै छन् खेत बारी
काम कस्ले गर्ने?
श्रम गर्ने मान्छे बिना
अन्न गोदाम कस्ले भर्ने?
बढ्दो छ चलन यहाँ
परदेश तिर झर्ने
धेरै टाढाँ नसके नि
सिमा पार गर्ने
येस्तै हो भने
नआउला भन्न सकिन्न 
एक दिन भोक भोकै मर्ने ।

    



1 comment:

Comment using facebook