Wednesday, August 17, 2011

रामपुर कृषि क्याम्पसको यथार्थ


बिध्यार्थी 
पहिला बिध्यार्थी बनेर छिर्ने 
पछि नेता बनेर सबैलाई पिर्ने 

प्रध्यापक 
बिद्यार्थीलाई राजनीति पढाउने 
एक आपसमा बिध्यार्थी लडाउने ।

रक्तरंजित लामो  इतिहास लेखेको ।

कर्मचारी 
सबैजना आफुलाई नै  मै हु भन्ने  
छैन कोहि एक अर्कालाई मान्ने ।


राजनीति चारैतिर 
प्राय: सधै नै  यहाँ कचकच पर्ने 
छैन यहाँ कोहि  राजनीति नगर्ने। 

जुम्सो प्रशासन 
कर्मचारी भन्दा यहाँ  बिध्यार्थी कम 
हुदैन बेलामा कहिल्यै  चाहेको काम ।

सुधार कहिले ???
सुधार्न सक्ने छैन कसैमा दम 
केवल छ त  यहाँ सबैमा अहम।

अचम्मको क्याम्पस 
राजनीतिक भ‌‍‌‍र्याङग्  चढ्नेहरुको क्याम्पस
बैसमा प्रेमको पाठ पढ्नेहरुको क्याम्पस 
बाहुबलको राजनीतिमा बढ्नेहरुको क्याम्पस  
.... अनि मात्र कृषि पढ्नेहरुको क्याम्पस ।


सयको केहि बेच्न हजारको खर्च हुने 
दयनीय स्थिति छ सबको मन रुने 
येस्तै स्थिति रहिरहे सधै यहाँ 


0 comments so far:

Post a Comment

Comment using facebook