Wednesday, August 17, 2011

रामपुर कृषि क्याम्पसको यथार्थ


बिध्यार्थी 
पहिला बिध्यार्थी बनेर छिर्ने 
पछि नेता बनेर सबैलाई पिर्ने 

प्रध्यापक 
बिद्यार्थीलाई राजनीति पढाउने 
एक आपसमा बिध्यार्थी लडाउने 

रक्तरंजित लामो  इतिहास लेखेको 

कर्मचारी 
सबैजना आफुलाई नै  मै हु भन्ने  
छैन कोहि एक अर्कालाई मान्ने 


राजनीति चारैतिर 
प्राय: सधै नै  यहाँ कचकच पर्ने 
छैन यहाँ कोहि  राजनीति नगर्ने 

जुम्सो प्रशासन 
कर्मचारी भन्दा यहाँ  बिध्यार्थी कम 
हुदैन बेलामा कहिल्यै  चाहेको काम 

सुधार कहिले ???
सुधार्न सक्ने छैन कसैमा दम 
केवल छ त  यहाँ सबैमा अहम

अचम्मको क्याम्पस 
राजनीतिक भ‌‍‌‍र्याङग्  चढ्नेहरुको क्याम्पस
बैसमा प्रेमको पाठ पढ्नेहरुको क्याम्पस 
बाहुबलको राजनीतिमा बढ्नेहरुको क्याम्पस  
.... अनि मात्र कृषि पढ्नेहरुको क्याम्पस 


सयको केहि बेच्न हजारको खर्च हुने 
दयनीय स्थिति छ सबको मन रुने 
येस्तै स्थिति रहिरहे सधै यहाँ 


0 comments so far:

Post a Comment

Comment using facebook