Saturday, July 9, 2011

भानुलाई गवाही




बोल्न खोज्छु आवाज रोकिन्छ
संकेत गर्न खोज्छु दृश्य छेकिन्छ
राष्ट्रिय पोशाक लगाउदा भानु मैले
नचिनेका मानिस आएर च्यातिन्छ।

तराईका फाटहरुले नेपाली नबोल्दा
तराईको गर्मिले हिमाललाई नपोल्दा
कस्तो राष्ट्र चाहेको थियौ भानु तिम्ले
सौन्दय हरायो मालाको फूलहरु नखुल्दा।
नेपाली होइन सबै अहिले पहाडी,मधेसी,जनजाती भा’छन्
जातीय,क्षेत्रीय झन्डा उचालेर सुर्य-चन्द्रमा आगो ला‘छन्
यहाँ परिबर्तन भएको कहाँ त्येती मात्रै कहाँ हो र भानु
मातृभाषा पनि हाम्रा नेताले विदेशबाट सापट ल्या’छन्।

आफ्ना आफ्नै लड्छन् यहाँ, यो पार्टी उ पार्टी भन्दै
युवा जति काम खोज्दै खाडी गए,गाउँघर छ उजाड बन्दै
बाझै छ भानु यहाँ उब्जाउ हुने खेतबारी श्रमिकहरु नपाएर
कसो गरि हाम्रो यो देश बन्ला, बिदेशमा पशिना बगाएर?

0 comments so far:

Post a Comment

Comment using facebook