Monday, August 29, 2011

तिज पहिले र अहिले


एक दिन मात्रै तिज मनाउथे पहिले
महिना दिन लाग्छ मनाउन अहिले ।

सासु बुहारीका कथा व्यथा  गीतमा हुन्थ्यो
कति मिठो गीत/संगीत हुन्थ्यो, मनै छुन्थ्यो ।

पति माग्थे पहिला, आजकाल गाठवाला पाम्

तिज मनाउन नि भन्न थाले डिस्कोतिर जाम।

पानी पनी नखाएर पहिले दिदि बहिनी बस्थे बर्त
खानसम्म खान्छन् फलफुल अहिले नभइजेल बर्ता ।

चेलीबेटी भेट भइ माइतीमा पहिले धेरै रमाइलो गर्थे
डिजिटल युग कहाँ थियो र,  टि. भी कहाँ बाट हेर्थे।

महिना भरि मस्ती गर्यो आजकाल छैन कुनै काम
गहना किन्न पर्यो बुढा भन्दै माग्छन अचेल दाम ।

के भएको  चेलीबेटीलाई आजकाल छैन गति
यो त अती भो हे महादेव देउ न इनलाई मति ।

0 comments so far:

Post a Comment

Comment using facebook