Friday, February 11, 2011

IAAS मा RESULT


दृश्य
रीजल्ट हुनु २-४ दिन पहिले  
आज रीजल्ट हुने रे
यो हल्ला हल्ल्को देश्मा एउटाले हल्ल गरे पछी डदलो झै चारतिर फैलन्छ। एकले अर्कालाई सोध्छन के अज रीजल्ट हुने नै हो भनेर । प्राय को उतर एउटाै हुन्छ। फालनोले भनेको थियो हुन्छ भनेर। कुरा हल्लाई हल्लामा सिमित रहन्छ, रीजल्ट हुँदैन।

दृश्य २
रीजल्ट प्रकासित भएपछी 
पास भन्दा पहिला फेल को-को भएछ र कुन-कुन सेक्सनबा  भनेर हेरिन्छ।

दृश्य ३
सुरुमा रीजल्ट थाहा पाउनेले होस्टेल्मा भएका साथिलाई जानकारी दिन्छ । हत्तार-हत्तार गर्दै बिद्यार्थीहरु क्याम्पस प्रशासनतिर लाग्छन। प्रशासन अगाडी बिद्यार्थीको भिड बाढ्डै जान्छ।

दृश्य ४
यसपली त रीजल्ट खत्तम भो यार्!
मैले नि दाम्मी लेखेको थिए तर नम्ब्रर आएन।
Project work मा नम्ब्रर नै दीएन।
झन मैले त ३ वटा एक्स्ट्रा प्ल्ट गरेको, फोकटमा गयो दुख।
फालानो बिसयको त हचुवाको भरमा आएको हो यार नम्बर।
ल बधाई छ यार ८०% माथि ल्याएकोमा।
थान्क्स यार । अनि तिम्रो कती आयो नि?
नसोध यार्, खत्तम भो! तेही त हो नि ७०% माथि ८०% तल ।
कलेज टप कस्ले गर्‍यो?
थाहा छैन यार।
पक्कै रामपुर्ले होला।
हुन सक्छ, लम्जुङ र पक्लिह्बालाई नम्ब्रर नै दिदैन।
एस्तै-एस्तै गफ चलिरहन्छ विद्यार्थी माझ । तर सत्य के हो कसैलाई थाहा छैन । मार्क सिट बाडिन्छ । राम्रो नम्बर लौनेको अनुहारमा मन्द मुस्कन न आउनेको मलिन अनुहार।

दृश्य ५        
रीजल्ट भएको दिनको बेलुका
राम्रो नम्बर ल्याउनेको लागि खुशी भएको बाहना र राम्रो गर्न नसक्नेको लागि पिडा भुलाउने चाहाना, लाग्यो रामपुर बजारतिर साथीहरु लिएर। चाहे स्याड होस वा ह्यापी पार्टी चल्छ दरो, दारु पार्टी। एस्तो लाग्छ वरपरका भट्टि सब विद्यार्थीले भरियका छन। एउटा दरो बाहना र अर्को हल्का पिउने मनको चाहाना मिलेपछी जमिहल्छ। 

दृश्य ६
हल्लेदै, लड्दै, करौदै बजारबाट होस्तेल सम्मको यात्रा। होस्टेल्मा अएर फिल्म्को मज्जा। राती अबेरको सुताइ।

दृश्य ७ 
भोलिपल्ट बिहान
राती अबेरको सुतैले र दारुले बिहानभरी निन्द्रा, १० बजेको उठाइ। hangover बाकी, मुख धोएर लाग्यो क्याफेतिर खान खान।

दृश्य
 रीजल्ट भएको २-४ दिन सम्म्
'साचि बिगृयो पढाई। अर्को सेममा त दामी गर्छु । सबै क्लास लिन्छु, नोट बनौछु,, practical  पनि समयमै गर्छु' cool भएर सोच्दा प्राय: एस्तै लाग्छ, रीजल्ट भएको २-४ दिन पछीसम्म

दृश्य ९
एक हप्ता पछी 
रीजल्टको hang over सकिन्छ । अनि पुरा नै परा सुरु हुन्च; लहुरेको छोरोलाई….. पढाई बाल ……………

हरेक रीजल्ट आयो पढाई कम्जोर भयो भनेर तर मलाई लाग्यो दारु बनेर । कती रीजल्ट आए गए थाहा छैन, ६ महिनमा एक दिन नमात्तिएर नि’भा छैन । बनी परेको नि थाहा छैन। साथीको मन नि राख्नै पर्‍यो के गर्ने, एश पलीको रीजल्टले फेरी मलाई एक दिन प्युने बाहना मिलाईदेयो।




  

0 comments so far:

Post a Comment

Comment using facebook