Saturday, August 13, 2011

Online प्रेम र बिछोड




Mig33 मा online हुदा उनी
म पनि online मा आउथे
के छ? कसो छ? भन्दै
mig को chat मा गफ लाउथे।

मस्त भै बेलुकी chat गर्दा गर्दै
कहिले आधा रात पनि जान्थ्यो
कहिले कहीँ त अलि बढी
रात पनि छर्लंगै हुन्थ्यो ।


बाकी थिएन केही हुनु पर्ने कुरा
चाहना आफ्नो अर्कै कहिले हुने पुरा
Facebook मा भएको उनको फोटो
पहिल्यै मैले like गरि download गर्थे
साँच्चै भन्नु पर्दा उनका लागि म मर्थे।

नजाने’ नि उनलाई कति मैले गजल लेखे
दिनहुँ कयौ रात सपनीमा उनलाई देखे
यसरी दिनहुँ onlineमा हुन्थ्यो कुरो
मनको कुरो भने उनलाई बनेर सुरो।

तेशपछि उनलाई online देखिएन
कसै सँग chat मा केही लेखिएन
एक दिन उनको  facebook  मा
 झड्का लग्यो एकै छिनमा
दिउसै जुनतारा मैले देखे।

Mig र facebook धेरै चलाउथे पहिले
सब छोडेर Google+ चलाऊछु अहिले
डर लाग्छ केटीलाई अफ्नो circleमा जोड्न
झस्काई रहन्छ अतितले, नसकिने छोड्न 
 mobile मा भएको उनको फोटो सबै फाले
गर्न के सक्थे र म blog मा पोस्ट लेख्न थाले ।

0 comments so far:

Post a Comment

Comment using facebook