Thursday, March 31, 2011

मन नै अध्यारो भएसी जुन लाएर पो के भो/ कबिता


   
मन नै  अध्यारो भएसी जुन लाएर पो  के भो
मोल नभएको जिन्दगीमा सुन लाएर पो  के भो

थिए सपना धेरै  जिन्दगीमा तिम्लाई सजाउने
रैछ्यु साह्रै बैगुनी तिमी गुन लाएर पो  के  भो। 

   
आश्वासनका  शब्दहरु अब  पाएर पो के भो
बिग्रेको अन्न पो भइसकेछु घुन लाएर पो  के भो

जता गये नि  जे गरे नि सधैं काम  बिग्रन्छ
चर्केको घाउमा अब नुन चुक लाएर पो के भो।  

  
   

1 comment:

  1. प्रयास राम्रो छ।भाव भन्दा लयमा बढि ध्यान दिए जस्तो लाग्यो।।

    ReplyDelete

Comment using facebook