Friday, August 26, 2011

केहि उट्पट्याङ कविता


नेता
जुटेर 
फुटेर 
कुटेर 
लुटेर
भए नि सभासद्को जागिर पाइयो 
अब सब पुग्यो मात्र कुर्सी चहियो ।

कर्मचारी
नेपालका कर्मचारीको काम 
मात्रै कहिले जाला र  घाम 
मतलब छैन भए नि सेबाग्राहीको लाम 
सानो काम गर्न नि चडाउनु पर्छ दाम  ।

केटी 
जवानीमा बारतिर लभ गर्ने 
राम्रो केटो मिलाइदेउ भन्दै 
भगबान महादेवको शरण पर्ने।

बाहुन 
जनै लाउदैनन अचेल  , भट्टीतिर  जान्छन
धेरै  छन् यहाँ जो भैसीको मम  खान्छन्  ।

बिध्यार्थी 
बिहानै साथीसगै कलेजमा  चुरोट खाने 
पढाई छाडी प्रेमिकालाई डेटिङ लाने 
समय समयमा मिलाएर  दारु पनि खाने 
डिस्को देखि मसाज पार्लर  सम्म जाने ।

0 comments so far:

Post a Comment

Comment using facebook