Thursday, April 7, 2011

सभासद्लाई आग्रह




  संबिधान लेख्ने कलमको मसी नसुकाउ
 दबाब देलान छिमेकीले जनतासँग नलुकाउ।

तिमी जनताका लागि, तिम्रा लागि जनता
 समस्याको समाधान आँफै गर अन्त नफुकाउ।

 उतर दक्षिण कतै पनि सिर नझुकाउ
 स्वास्थ्य उपचार् भन्दै कुरा नलुकाउ।

 परायको साथ छोडी जनताको साथ लेउ  
 आफ्नोपनको आभास दिने नयाँ संबिधान देउ।  

         

0 comments so far:

Post a Comment

Comment using facebook