Monday, March 28, 2011

पाउरोटी झै टुक्रा टुक्रा देशलाई नबाडौन/ गजल


  

 पाउरोटी झै टुक्रा टुक्रा देशलाई नबाडौन
 जाति धर्मका आड्मा सहिष्णुता  नभाडौन।

 घर झगडामा अल्झिदा चोर् पसेको थाहा छैन  
पक्रेर त्यो चोर् लाई तेसै त नछाडौन ।

सबैको साझा फुलबारी यो देशलाई नमाडौन 
बिभाजनका रेखाहरु कतै पनि नगाडौन।

 मौलाउन दिउ यो  गणतन्त्रको बिरुवालाई
 झार सम्झी कसैले पनि  त्यसलाई नफाडौन ।                 

0 comments so far:

Post a Comment

Comment using facebook