Showing posts with label हाइकु. Show all posts
Showing posts with label हाइकु. Show all posts

Thursday, April 14, 2011

नब बर्षका हाइकू


रिन लगोस 
तर दिन नलागोस 
नव   बर्षमा

शुभ खबर
मात्रै सुन्न पाउ न
नव  बर्षमा 

हट्नु  बादल 
लगाउनु  छ घाम 
शान्ति र चैन 

संबिधान त
आकासको  फल 
नदेखी मर्छु ?

र अन्त्यमा

आयु होस् त 
संबिधान सभाको जस्तो  
सधैं बढेको बढैं.*

* यो हाइकू होइन.
      

Thursday, February 3, 2011

केहि मायाका कुरा गरौ न / हाइकु


गुलाब ल्याये
तिमीलाई नै भनि
स्वीकार गर

प्रेम पत्र नै
लेख्न भनि बसेको
शब्द फुरेन

माया गर्छु
भन्ने आट आएन
नामर्द हैन

हुन्छ भन
अथवा हुन्न भन
मौन नबन

आशै आशमा
कति बस्ने हो
निर्णय देउ

टुटेको मन
देख्ने भए तिम्ले
किन एश्तो भो

Monday, January 31, 2011

केही हाइकु



माया नसiर
डेरा सरे जस्तो
बिराला बच्चा

आफै बलेर  
न्यानो पार्नु पर्ने भो
तिम्लाई मैले 

अचना  पिर
खुकुरीलाई के थाहा
जस्तै तिमि म

कहिले सासु
कहिले बुहारीको
आलो पालो

Comment using facebook