Monday, September 19, 2011

गजल


डाक्टर, बैध्य  सबै  छन्  पार्टी  रोगि  भयो तर 
प्रतिपक्षमा बस्छ भन्थे सत्तामा त गयो तर ।

फेर्छु भन्थे डा. साबले चाडै नै  यो देशको मुहार 
जहाँ नगए नि नछाड्ने बैध्य काउसो लायो तर ।

सधै भरि पेल्थे प्रचण्ड, डा. सा'ब  र बैध्यलाई
अब तेस्तो नहोला कि, बैध्यको पालो आयो तर ।

तिन नेता तीनतिर कसले कसको कुरा सुन्ने 
एकता छ भन्छन सधै अन्तरसंघर्सले खायो तर ।

चाबी त बहाना हो , बिद्रोह बैध्यको धम्कि मात्रै 
कुरा मात्रै हुन् ठुला, सत्तामोह सबैमा छायो  तर ।

0 comments so far:

Post a Comment

Comment using facebook