Saturday, September 3, 2011

अरु, उनी, म र प्रेमको परीक्षा


लाम लाग्थ्यो तिम्लाई मन पराउनेको
तर साचो माया गर्ने म थिए ........

धपक्क बलेको रूपमा हराउने धेरै थिए
तर तिम्रा लागी हराउने म थिए ....

सुखमा तिमीसंग खुसी साट्नेहरु धेरै थिए
तर तिम्रो पिडामा अनिदो रात काट्ने म थिए.....

झुम्मिन्थे धेरै तिम्रो ओरिपरी प्राय:
तर टाढैबाट नियाल्ने म थिए .................

धेरैले दिए तिम्लाई महँगा उपहारहरु
तर चोखो तँन , मन दिने म थिए .............

बहाना बनाई*२ बोल्न आउने धेरै थिए
तर चाहिएकोको बेलामा बोल्ने म थिए ....
..

फोटो खिच्नेको लाम लाग्थ्यो तिमीसंग
तर तिम्लाई मनमा सजाउने म थिए ...

धेरैले प्राय: गर्थे तिम्रो बारे कुरा
तर चुपचाप सुनेर लजाउने म थिए ..

तेस्तैमा

माया भयो परिक्षाको, परिक्षार्थी धेरै थिए
तर परिक्षाफलमा फेल हुने म केवल एक थिए .....

0 comments so far:

Post a Comment

Comment using facebook