Monday, January 31, 2011

केही हाइकु



माया नसiर
डेरा सरे जस्तो
बिराला बच्चा

आफै बलेर  
न्यानो पार्नु पर्ने भो
तिम्लाई मैले 

अचना  पिर
खुकुरीलाई के थाहा
जस्तै तिमि म

कहिले सासु
कहिले बुहारीको
आलो पालो

जाडो लागेर
मुढो ठोस्दै अगेनामा
पानी बर्सियो

लोकतन्त्र र
ठोकतन्त्र उस्तै छ
जनतालाई

कूटनी डर
कुटाई खानु भन्दा
पिडादायक

फोहर मूल
कुलो सफा गर्दा नि
दुषित पानी

0 comments so far:

Post a Comment

Comment using facebook