चारैतिर जहाँ हेरे नि तिम्रै छाया देख्छु
मुटुको कुना भित्र तिम्रै माया देख्छु
छु म तिमी देखी धेरै टाढा
जहाँ भए नि म तिमीलाई नै देख्छु
बगैचा फुल्ने गुलाबमा तिमीलाई देख्छु
आकास को तारामा तिम्रै रूप देख्छु
चाहे तिमी मलाई देख वा नदेख
किताब कपी हेर्दा नि म तिमीलाई नै देख्छु
बिर्सन खोज्दा झन सम्झन पुग्छु
टाढा हुन खोज्दा झन नजिक हुन पुग्छु
भाब सुन्य हुन खोज्दा खोज्दै नि म
तिम्रै कल्पनामा डुबेर कबिता लेख्छु ।
0 comments so far:
Post a Comment