Thursday, September 1, 2011

फेरी रामपुर क्याम्पस जल्यो अरे


फेरी पनि  रामपुर   क्याम्पस  जल्यो अरे 
डिन, क्याम्पस प्रमुखको कुर्सी बल्यो अरे ।

बिधुत मसहुल तिर्न भनि आएको पैसा यहाँ 
२-४ जना  टाउकेको  गोजितिरै  फल्यो अरे ।

सबको मनमा अन्धकार थियो बिधुत  नहुदा 
प्राधिकरणले नि  हाम्लाई  यहाँ  छल्यो  अरे।

तोडफोड नभै यहाँ कसले सुन्छ हाम्रो आबाज 
बले पछि आगो  प्रशासन  बल्ल  गल्यो  अरे । 

बाची बसेपछि  के -के देख्न  पाइन्छ   यहाँ 
कुकुर बिरालाको   नि  सहकार्य चल्यो अरे ।

तेही    अचम्को   सहकार्यले    गर्दा   यहा 
बल्ल- बल्ल  रामपुरमा बत्ति  बल्यो  अरे ।

0 comments so far:

Post a Comment

Comment using facebook