Friday, September 2, 2011

मधेशबादी नेताहरुको नियोजन


कति सम्म फुट्न सक्छन हो मधेसी  राजनीतिक दलहरु ? अब त मधेशमा एक राजनीतिक दल एक नेता हुन लागी सक्यो !  कार्यकर्ता चाही नेताहरुको सत्ता मोहबाट बिरक्तियर पार्टी छोडी जाने र नेताहरु भने  नया पाटी उत्पादन गरिरहने । हरेक सरकार बन्दा संगै मधेशमा नया पार्टी जन्मिरहेको हुन्छ । कस्तो उर्बर भुमि रहेछ पार्टीहरुको लागी मधेश; अब त धेरै हुन लागेन र ?  कि प्रभुले जति दिइ रहन्छन तेती थापीरहने हो ?  एक मधेसी एक मधेसी पार्टी त पक्कै पनि उनीहरुको रणनिती होइन होला ।  हुन त जति फुटे पनि सत्ता बार्गेनिंगमा उनीहरुको स्वर चर्को हुन्छ ।  यदि येस्तै चाला हो, भने एक पार्टी एक कार्यकर्ता र एक नेता हुने दिन नआउला मधेशमा भनेर भन्न सकिन्न । यत्तिकै बस्ने हो हामी  भने त यी नेताहरुले पार्टी जन्माएको जन्माई गरि रहन्छन, यो देशमा पार्टीको संख्या बढाईरहन्छन । यसै त नेता बढी भएको यो मुलुकमा थेग्न नसक्ने गरि नेता र पार्टीहरु जन्मिछन्। तेसैले अब जनसंख्या नियन्त्रण गर्न परिवार नियोजन गरेको जस्तै मधेसी नेताहरुको पनि नया पार्टी जन्माउन नसक्ने गरि नियोजन गरे कसो होला ?

0 comments so far:

Post a Comment

Comment using facebook