Monday, March 21, 2011

हजुर / कबिता


 दिल्लीतिर पानी परे काठमाडौंमा छाता ओढने हजुर
 काठमाडौंमा  केही  परे  दिल्ली  पाइला मोढने  हजुर।

 एक अर्काको खोइरो खन्दैमा कसैलाई फुर्सद छैन
 कसैले  सोधिहाले  राष्ट्रबादी  कुरा जोढ्ने  हजुर।

  हस्तछेप भन्दै सरकारी सम्पत्ति फोड्ने हजुर
 सुटुक्क बिदेशिसँग साईनो पनि  जोड्ने  हजुर।

 भन्छंन   यो   देश  सबैको   साझा  फुलबारी
 जाती, धर्म  भन्दै  साईनो किन तोढ्ने हजुर।

 सबै  भन्छंन  झारलाई बेलैमा  गोढ्ने हजुर
बिदेशी यो झारलाई  किन तेसै छोड्ने  हजुर।

 आफु  आफु  मिलेमा  नहुने  यहाँ  के  नै छ  होला  र
 आफ्नै बिचको ठुलो पर्खल कहिले होला तोढ्ने हजुर ।


1 comment:

Comment using facebook