Tuesday, April 19, 2011

रुप बेच्ने सानु



   आफ्नै  रूप किन  बेच्न थाल्यौ  सानु
 पैसामै आफ्नो ज्यान किन फाल्यौ सानु ।

दु:ख गरे  जिन्दगीमा नहुने  के पो  छ र
 झट्टै धनी हुने  रहर किन फाल्यौ  पाल्यौ सानु।

प्वाल  परेको डुंगामा किन खुट्टा हाल्यौ  सानु 
आँफैलाई बेचेर किन गरीबिलाई टाल्यौ  सानु।

 गरीबिलाइ   होइन अब कालले पो जित्ने भो
 सजिलो छ काम भन्दै  किन पाइला चाल्यौ सानु।

 धनको  आगोमा किन आफैलाई बाल्यौ सानु 
अमुल्य यो जिबन किन त्यसै फाल्यौ  सानु  । 
             

0 comments so far:

Post a Comment

Comment using facebook