Wednesday, February 9, 2011

भुक्का जिन्दगी


केहि समय अगाडी मेरा एक साथीले फेसबुकमा आफ्नो status मा लेखेका थिए 'भुक्का जिन्दगी'। मलाई त्यो status ज्यादै मार्मिक र यथार्थपरक लागेको थियो। 'भुक्का' शब्द आजकालका स्कुले, +, क्याम्पस पढ्ने युबाहरु माझ लोकप्रिय शब्द हो, जस्को अर्थ पैसा नभएको भनेर बुझिन्छ।

मेरा साथीको उक्त status घरबाट पठाएको सिमित पैसाले आफ्न सबै आवश्यकताहरु पुराउनु पर्ने बाध्यता र आफ्न असीमित ईच्छा बिचको द्न्दको उपज जस्तो लाग्छ र यो कुरा विद्यार्थी जीवनको कटु यथार्‍थ पनि हो।

तपाईंको मोबाईलमा ब्यालेन्स लो भएको छ रिचाज गर्नु होला भन्दै मोबाईलमा बोल्ने युबती, तेसै गरी १० ,१५ रुपैया transfer गर्दे न भन्दै हिंड्नु पर्ने स्थिती, कपी कलम किन्दा पैसा तिरिदे न भनेर साथीलाई भन्नु पर्ने स्थिती आदीले भुक्का जिन्दगीलाई जनाउछन।

कहिले कही एस्तो जिन्दगीले आफ्नै साथीबाट पनि पर-पर लादो रहेछ। पैसा लिएर पनि तिर्न सकिएन भनी लुकी-लुकी हिंड्न वाध्य बनाउदो रहेछ। भेट भएमा पैसा पचाएको नि होइन र नदिने पनि छैन भन्न वाध्य पर्दो रहेछ। नयाँ - नयाँ बहना बनाउन पनि सिकाउदो रहेछ। मित्रसँग पैसा फुत्काउनका लागि झुटको खेती गर्न पनि सिकाउदो रहेछ अफुले लिएको पैसा तिर्ने मामलमा, नचाहेरै पनि फाटो ल्याउदो रहेछ , यो भुक्का जिन्दगी।

गाउघरमा भुक्का भए नि खासै फरक पर्दैन तर पाइला पिक्छे पैसा चैहिने यो शहरमा भुक्का हुनु र नहुनुको बिशेष अर्थ हुदो रहेछ। चाहे राम्रो साथी बनाउन होस् या केटा वा केटी साथी बनाउन नै होस् , राजनीतिमै अगाडि बढ्न नि पैसा आबश्कता पर्दो रहेछ।

धेरैका बाबु-आमाले छोरा छोरी माथि लगानी गरिरहेका छन्, आँफै भुक्का हुने गरी; ताकी आफ्ना सन्तान भुक्का हुन नपरोस। भुक्का जिन्दगी बिताउन नपरोस।

हुन त भुक्का देशमा जन्मेर भुक्का हुनु पनि खासै ठुलो कुरो होइन तर जब मान्छे नैतीकसामाजिक राजनितिक् रुपमा भुक्का हुन्छ तब मान्छे, मान्छे रहदैन। मान्छे रुपको पशु हुन्छ। मान्छे भुक्का भएर जन्मेको थियो र मर्दा पनि भुक्कै भएर मर्छ। आखिर अरबपती भए पनी मर्दा के लान्छ? भुक्का हुनुहुन्छ ? चिन्ता नगरनुस् म पनि भुक्का नै छु !

1 comment:

Comment using facebook