Tuesday, April 12, 2011

परदेशी ब्लगर साथी


नेतालाई गालीको  बर्षा 
ब्लगका भित्ता भरी 
टाशो  टास्ने 
स्वदेशी भैइकन पनि 
बिदेशी भएको 
मेरो  परदेशी ब्लगर साथी।

+२ सकेर बिदेश झरेको
२-४ बर्ष पछी फर्कन्छु भन्दै 
उतै घरजम गरेको 
बर्सौ  हुन लगिसकेछ ।

भौतिकबादमा जिबन देखेर 
अध्यात्माबादबाट भागेको 
डलरको पछी लगेको 
मेरो पर्देशी ब्लगर  साथी । 
ग्रीनकाड  लिनु नै 
जिन्दगीको उपलब्धि मानेको 
धन नै सर्बश्व ठानेको 
काठमाडौंमा घर जोडेर पनि 
मन बिदेशमै छाडेको 
मेरो परदेशी ब्लगर साथी  ।

कहिले काही पोखिने गर्छ
ब्लगका भित्ताहरुमा 
गाउघरको सम्झनामा ।

कहिले कही च्याटमा भेटिदा 
दु:ख पोख्ने गर्छ 
यन्त्रिक  जीबनको ।

पहिले दाम थिएन नाम थियो 
अहिले नाम छैन दाम छ उसँग 
तेसैले
नामको खोजिमा छ ।

ग्रीनकार्ड बोकेर बसेको
न काठमाडौं झर्न सक्छ
न सदाको लागि 
सात समुन्द्र तर्न नै 
मेरो परदेशी ब्लगर साथी ।


0 comments so far:

Post a Comment

Comment using facebook