Friday, February 18, 2011

शंका




कतै  मैले  तिम्रो  मन  दुखाए  कि ?
केही  कुरा मैले मनमा लुकाए कि ?

तिमी  हामी दुई  बिचको  कुरा
अरुको  सामु कतै फुकाए  कि ?



मैले दिएको गुलाबले बिझायो कि ?
कोही  आइ   तिम्रो  काखमा निदायो कि ?


पवित्र  ठानेको मैले त्यो मन्दिरलाई
कोही  आइ त्यसलाई कतै सजायो कि ?

मलाई रुवाएर तिमी एक्लै हास्यौ कि ?
ढुक-ढुकी नै न’भै एक्लै बाच्यौ कि ?

एक पल तिमी बिना ज्यूदिन भन्नेले
अर्कैको माया  मनमा  साच्यौ कि ?


0 comments so far:

Post a Comment

Comment using facebook