Friday, February 4, 2011

झापड



केटाकेटी छँदा स्कुलमा कहिलेकाहीँ बदमास गर्दा सरहरुको हातबाट झापड खाएकै हो। घरमा पनि बिगार गर्दा बाबु-आमाको चड्कन खानु पनि खासै नौलो कुरो थिएन मेरा लागि। झापड खाएको ठाउँमा पाँच औँलाको डाम बस्ने, रातो हुने र दुख्ने बाहेक केहि भएन। केबल झापड खाँदा तोरिको फूलमात्र दौखियो। झापड खाँदा-खाँदा 'पापड' सुन्दा पनि झापडको सम्झनाले पीडा हुन्थ्यो। मैले खाएको र साथीलाई हानेको झापडले न मेरो लागि कहिल्यै सुखद परिडाम ल्यायो न त चर्चित नै बनायो। त्यसले केबल पिडा र लज्जाबोध मात्र गरायो। स्कुलमा सरले आफ्नै साथीको अगाडि ल्याएर झापड हानेको सम्झदा अँझै पनि मेरो आँङ् सिरिङ्ग हुन्छ।

समय परिबर्तन भइसकेछ, झापड हान्नेहरु रातारात चर्चित हुँदा रहेछन्। झापड खानेहरुको भाग्य खुल्दो रहेछ। नेपाली राजनीतिमा कमै नाम सुनिएका नेता गोल्छे सार्कि तत्कालिन सभामुख रामचन्द्र पौडेल लाई दरो झापड हानेपछि एकाएक चर्चित भए। मन्त्रि केरिमा बेगमले चस्मा ने फुट्ने गरि पर्साका प्रजिअ दुर्गा प्रसाद भण्डारीलाई झापड हानेपछि उनलाई नचिन्ने कोही भएन। एमाले अध्यक्ष झलनाथ खनाल लाई आफ्नै पार्टीका कार्यकर्ता देवी प्रसाद रेग्मिले गालै रातो हुने गरि झापड लगाएपछी रेग्मि एकाएक सेलिब्रेटि बने र उनको नाममा वेवसाइट (http://www.deviprasadregmi.info) नै बन्यो। यो घटना भएको दुई हप्ता पनि नहँदै एमालेका पोलिटब्युरो सदस्य खगराज अधिकारीले पनि आफ्नै कार्यकर्ताको झापड खाएका छन्। झापड खाएको महिनादिन पनि नपुग्दै झलनाथ खनाल नेपालका ३४औँ प्रधानमन्त्रि भएका छन्। झापडले गर्दा उनको भाग्य खुलेको छ।

यदी अरु नेताहरु रेग्मिकहाँ झापड खान गए भने अचम्म नमाने हुन्छ। जाबो एउटा झापड खाएर  प्रधानमन्त्रि भइन्छ भने किन नखाने त? अब बन्ने मन्त्रिमण्डलमा झापड खाएको क्रम अनुसार नेताहरुलाई मन्त्रि बनाई मन्त्रिमण्डलको नामै "झापड मन्त्रिमण्डल" राखे कसो होला? अहिलेसम्म झापड नखाएकोलाई अनुभव नभएको भन्दै मन्त्रिमण्डलमा नजान मेरो नेताहरुलाई सुझाब छ।

यदि समयमै नयाँ संबिधान देशलाई नदिने हो भने जेठ १४ पछि जनताले नेतालाई झापड हानेर 'पापड' बनाईदिनेछन्। त्यसैले नेताहरुले बेलैमा नयाँ संबिधान बनाउन लागे हुन्छ।

मेरो पनि जिन्दगिमा केहि गरेर चर्चित हुने सपना छ, राम्रो काम गरेर चर्चित  हुन त्यस्तै होला जस्तो छ। छोटो मिठो उपाय देवीप्रसादले सिकाएका छन्, म पनि त्यस्तै अवसरको खोजिमा छु।



1 comment:

Comment using facebook