कति बस्छयु अझै जिन्दगीमा खाली
यौबनका रहरलाई त्यसै खेर फाली
कुरेको तिम्लाई मैले बर्सौ भयो
अब त माया गरौ न काली ।
सफा छ यो मन नसोच्नु है जाली
माया गर्छु तिम्लाई यो ज्यानै फाली
अलि वर आउन एउटा कुरा भन्छु
अब त माया गरौ न काली।
कति राख्च्यु त्यो अंगालोलाई खाली
मायाको फुलबारी बनाउन न काली
तिमी फुल बगैंचाको म बनेर माली
अब त माया गरौ न काली ।
0 comments so far:
Post a Comment