Tuesday, January 20, 2015

अब त अति भो! संबिधान सभा भाग-२ (गन्थन् मन्थन)


आजभोली नेपाली राजनीतिको बारेमा खासै टिप्पणी गर्न मन लाग्दैन तर पनि हिजो राति संबिधान सभा भित्र भएको ताण्डब नृत्य देख्दा केहि नलेखी बस्ने मन लागेन ।

आफ्नो र आफ्नो पार्टीको हितका लागि देशलाई नै दाउमा राख्ने हाम्रा नेताहरुको प्रवृति बास्तबमै नराम्रो छ । आफुमा भएको दम्भ र अहंकारले नै गर्दा अघिल्लो संबिधान सभामा भएको ठुला दलहरुको प्रतिनिधित्व दोस्रो संबिधान सभामा निकै थोरै मा सिमित हुन पुगेको थियो र अझै पनि अराजनैतिक अनैतिक र उही द्वन्द कालकै रूपमा प्रस्तुत हुने हो र भित्रैबाट लोकतान्त्रिक चरित्रमा आफुलाई प्रस्तुत नगर्ने हो भने नेपालका केहि पाटीहरु अबका केहि वर्ष हरुमा नै इतिहासका पानाहरुमा मात्रै सिमित रहन सम्भावना छ।

आफ्ना मतभेदहरु राख्ने लोकतान्त्रिक तरिका, बिरोध गर्ने सभ्य तरिका हुदा हुदै पनि माओवादी नेताहरु जुन रुपमा भौतिक बल देखाउदै तोडफोड र भिडन्तका लागि तयार भए यस्ले गर्दा नेपालको संबिधान सभाको बेइजत भएको छ । उक्त पाटीका कार्यकर्ताहरुलाई पनि सम्भबत; कस्तो पाटीको कार्यकर्ता भईएछ भनेर साएद पछुतो लागिरहेको होला।

माओवादी नेतृवले अझै पनि डर र त्राशले नै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने मानसिकता नत्यागे सम्म   नेपालमा  हिसा, तोडफोड, बन्द हड्ताल, अस्ती जारि नै रहन्छ। कहिले एक पार्टीसँग मिले जस्तो गर्ने र कहिले आर्कों पार्टीसँग मिले जस्तो गर्ने प्रचण्डको ढुलमुले प्रब्रित्ले समग्र देशलाई नै अनिर्णयको बन्दि बनाई राखेको छ। आफु पनि राम्रो काम गर्न नसक्ने अर्कालाई पनि राम्रो काम गर्न नदिने नेपाली राजनीतिमा जुन परिदृश्य देखिरहेको छ त्यो बास्तबमै हानीकारक छ नेपाल र नेपालीका लागि । आबेस्मा आएर मन लाग्दी गर्ने र फुर्सदमा पछुताउने माओबादीको अशली चरित्र नै हो । एसले माओबादीलाई फाइदा भन्दा धेरै घाटा नै पुर्याएको छ । चाहे बादर मुढे काण्ड होस्, चाहे कटुवाल काण्ड चाहे संबिधान सभा-१  बिघटन नै किन नहोस्, यी सबैबाट माओबादीले पाठ सिक्न सकेको देखिदैन।

प्रचण्ड कुनै ठाउमा जाने भन्दा कुनै बेला  मानव सागर उर्लिने गर्थ्यो कुनै बेला। अहिलेको अवस्था देख्दा लाग्छ त्यो पनि इतिहास भैसकेछ। खै कहाँ गयो त्यो जन सागरदसौ लाख पर्ने पलंग, बंगला, बेलागमे जिब्रो, आजको बोलि भोलिको स्पस्टिकरणले प्रचण्ड प्रतिको मोह धेरै खस्केको सबैले बुझ्न सक्छन।

नाममा एकिकृत थपे देखि नै आफूभित्र फुटको बिज रोपाएको माओवादी सत्ता लोलुप मधेसवादी दलहरुको कमजोर भर्यांग चढेर सत्ता हत्याउन चहान्छ । सत्ता नपाए पनि उ आफ्नो बल बुताले भ्याए सम्म संबिधान बनाउन नदिने फोहोरी खेलमा लागेको छ। उसलाई डर छ, अरु पार्टीले संबिधान बनाई दिए भने आफ्नो हालत पेरुको साइनिंग पाथ झैँ हुनेछ भनेर। मधेसमा भएको राजनीतिक आक्रोसलाई आफुअनुकल परिचालन गर्नका लागि रोइकराई, जोडतोडले लागेका प्रचण्ड नारायणकाजी लागायतका केहि नेताहरुको बिरोधका बाबजुद पनि अन्तिम युद्धमा छन् । यो विशेस प्रकारको युद्धले प्रचण्डलाई केहि लाभ पनि दिन सक्छ वा उठ्नै नसक्ने गरी किनारा पनि लगाइदिन सक्छ।

पहिलो संबिधान सभामा औलामा गन्न सकिने संख्यामा सभासद भएको  राप्रपा नेपाल आज किन मावोवादी पछिको ठुलो सक्ति छ ? ठुला राजनैतिक दलहरु असक्षमताले गर्दा, अझै पनि ठुला दलहरुको घैटोमा घाम लागेन भने आर्कों चुनावमा उनीहरुको बहुमत नआउला भनेर कहाँ भन्न सकिन्छ र ? शिक्षित र कुनै राजनैतिक दलहरुसंग पनि आबद्द नभएका युबा पुस्ता हरुको जमात बढिरहेको बेला साथै अन्य दलहरुका कार्यकर्ताहरु निराश भएको बेलामा नया शक्ति नउदाउला भन्न कहाँ सकिन्छ र ?

हुन त कुनै कुरा बनाउनको तुलनामा बिगार्न धेरै सजिलो हुन्छ। दुख कुरो के छ भने त्यही सजिलो काममा हाम्रा देशका नेताहरुले युवाहरुलाई लगाइरहेका छन्। चै त्यो द्वन्द काल किन नहोस्, कमल थापाको बानेश्वरको बिरोध सभा नै किन नहोस्। अझ हिजो रातिको त कुरै नगरौ, आफ्ना सभासद हरुले अन्य पाटीको नेताहरु माती गरेको आक्रमण हेर्दै प्रचण्ड र बाबुरामज्युहरु मुस्कुराई रहनु भएको थियो। के यो कुनै राजनैतिक संस्कार हो? के वहाहरुसंग अलिकति पनि मानवीयता भन्ने कुनै चिज पनि बाकी छैन?

वास्तवमा, हिजोको घटनाले नेपाल संबिधान सभाको बेइज्जत गरेको छ। मलाई मात्रै होइन, संसारका कुनै पनि कुनामा रहेका नेपालीहरुको मन दुखाएको छ, कस्तो  संस्कार नभएको नेताहरु भएको ठाउमा जन्मियेछु भनेर ।

येस्तै येस्तै परिस्थिको शृजना गरेर नेपाली राजिनितिमा खेल्न माहिर खेलाडी भारत सिमाना उतर् तिर सार्ने र नेपालमा आफ्नो मास्टर प्लान लागु गराउदै सिक्किमीकरण गर्ने योजनामा छैन भनेर भन्न पनि सकिन्न । यदि येस्तै परिस्थिति धेरै दिनसम्म रह्यो र दोश्रो संबिधान सभा पनि असफल बनाइयो भने त्यो दिन आउन पनि धेरै समय  लाग्दैन ।



नेपाली राजनैतिक घटनाक्रमबाट वाक्क दिक्क लागेर लेखेको मेरो कविता

सधै कुरै कुरा
हुदैनन् केहि काम पूरा
भन्छन् कोहि चाहि
येही हो आफैले
जन्माएको छोरा ।

कहिले सहमतीको नाटक
कहिले महाभारतको चटक
यस्तो रमाइलोअन्त कहाँ छ र ?
यहाँ भैरहन्छ पटक पटक ।

जंगलबाट आथे कोही
ल्याको छु भन्थे कोसेली केही
के हो त्यो भन्दा थाहा थेन
मध्यरातको कोसेली मनले लिएन ।

देखाउछु भन्थे दिउसै तारा
फेरी पनि उही जंगलकै पारा
येस्तो दिन फेरी नआओस
जनताले झार्छन तिम्रा बंगारा ।

बग्यो कति रगतको खोली
अझै कति संबिधान सभामा होली
संबिधान कहिले आउछ भन्दा
उतर सधै थाहा हुन्छ भोली ।

सुरु भयो अब सबको चाडबन्द
लाग्दै छ यसको बिष मन्द मन्द
लगानी भो धेरै छैन कुनै काम
बेच्छन् आफैलाई पनि पाएमा दाम
कहाँबाट आइलागेछन येस्ता हराम
इज्जत-बेइजतको छैन कुनै सरम ।

अगुवा नै **वा भए पछि
ट्वाक लाइ सभामा गए पछि
मुस्काउदै हेर्दै थे प्रचण्ड, बाबुराम भित्र
सबैको जंगली चरित्र 

बैद्य र मोर्चाका अनन्य मित्र ।

0 comments so far:

Post a Comment

Comment using facebook