Saturday, January 7, 2012

हाम्रो IAAS मा




काडाँ लगाई मनको ढोका बार्नेहरु छन् IAAS मा ।
डेरा सारे जस्तो माया सार्नेहरू छन् IAAS मा ।

रमाइलो गरौ २-४ वर्ष पढिन्जेल भनि
जस्तालाई नि लभ गर्नेहरु छन् IAAS मा ।

बिर्सन्छन् संसार दुई मन मिलेपछि
एकादिउसै  रात पार्नेहरु छन् IAAS मा ।

निस्कनु पर्छ बेलुकी बाहिरतिर यहाँ
मायाका शित झार्नेहरू छन् IAAS मा ।


ढुङाकै हुदो रैछ कसैको त मन पनि
कुर्दा कुर्दै आस मार्नेहरु छन् IAAS मा ।

जिते पनि सबै युद्ध जिन्दगीमा
प्रेम युद्ध सधै हार्नेहरु छन् IAAS मा ।

मुस्किलले मनको कुरा उनीलाई भन्दा
फिस्स हासी कुरा टार्नेहरु छन् IAAS मा ।

1 comment:

  1. la ramro 6 hai, koi koi ramra man6eharu ni 6n iaas ma, herne bujhne mann chahin6

    ReplyDelete

Comment using facebook