Sunday, January 8, 2012

रातो तन्ना


एक दिन एक रात
गेस्ट हाउसको एक बात
केही दुई एक साथ,
हुन्छ सुरु एक रात !

रातो गेस्ट हाउस,
रात कै हो  कुरा,
काम गर्ने कति सुरा,
सुन्दा पनि चल्छ
यो मनमा छुरा !


सेतो तन्ना र
त्यो खाटको कुरा,
हुन्छ  सब रातो
खुनै खुनले पूरा

कस्ले के  गर्यो,
नगर्नेलाई पीर पर्यो,
गेस्टहाउसलाई
कलेजले निरिक्षण गर्यो,
कलेज आँफै अचम्ममा पर्यो  !

कामको यो "हाइट"
होला कलेज "रेड लाइट"
बोल्न कस्ले सक्छ यहाँ
छ सबको मुख "टाइट" !!!
(रामपुर क्याम्पसको गेस्टहाउसमा कलेज प्रसासनले निरिक्षण गर्दा रगताम्मे तन्ना भेटिएको घटनामा आधारित )


1 comment:

Comment using facebook